। रौतहटको गौरमा दुई समुदायबीच तनाव सिर्जना भएपछि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमा चतुर्वेदी मधेश पुगेका छन् ।
केन्द्रीय सुरक्षा समितिको निर्णयपछि कार्य विभागका चुतुर्वेदी मधेश पुगेका हुन् ।
उनले त्यहाँ पुगेर स्थितीको वस्तुनिष्ठ विश्लेषण गरी प्रहरीलाई निर्देशन दिनुका साथै सद्भाव कायम राख्न छलफल गर्ने बताइएको छ ।
अहिले मधेशमा एआईजी चतुर्वेदीले यसैको काम थालनी गरेका छन् । चतुर्वेदी यसअद्धि मधेश प्रदेश प्रहरी कार्यालयको डीआईजी भएर समेत काम गरेका थिए ।
अहिले भनि उनी कार्य विभागमा छन् । कार्य विभागले नै आगामी २१ फागुन हुने प्रतिनिधि सभा निर्वाचन सुरक्षाको कमाण्ड गर्छ ।