मुख्य समाचार
धादिङ बस दुर्घटनाका २४ घाइतेलाई काठमाडौं पठाइयो
धादिङ बस दुर्घटनाका २४ घाइतेलाई काठमाडौं पठाइयो

— बेनीघाट रोराङ गाउँपालिकाको चरौदीमा आज भएको बस दुर्घटनाका घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आज बिहान करिब सवा १ बजेतिर त्रिशूलीमा खसेको थियो।

दुर्घटनामापरि मृत्यु हुनेको संख्या अहिलेसम्म १८ जना पुगेको प्रहरीले पुष्टि गरेको छ। २५ जना घाइते भएका छन्। घाइतेमध्ये २४ जनलाई भने थप उपचारका लागि काठमाडौँ पठाइएको हो।

घाइते एक जनाको भने मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी न्युजिल्यान्डकी नागरिक हुन्। अवस्था सामान्य भएकाले उनले आफू काठमाडौं नजाने र यही उपचार गर्ने बताएकी थिइन्।

मृतकको शव पोष्टमार्टमका लागि गजुरी सामुदायिक अस्पतालमा पठाइएको छ।

बस आइतबार साँझ ७ बजे पोखराको पर्यटक बसपार्कबाट काठमाडौँका लागि छुटेको थियो। पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालीले सञ्चालन गरेको बसमा केही विदेशी नागरिक पनि चढेका थिए।

बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाहीका अनुुसार बस धनी ओमकुमार श्रेष्ठ पनि त्यही बसमा थिए। उनको घटनास्थलमै मृत्यु भएको छ। गाडी चालक भने बेपत्ता छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका योजना तयार गर्दा बजेटको सीमालाई मुख्य प्राथमिकतामा राख्ने भएको छ । योजना तर्जुमामार्फत टुक्रे योजनाको कटौती गर्दै हरेक योजना प्रदेश मन्त्रिपरिषद‍्बाट स्वीकृत गरेर मात्र कार्यान्वयनमा लैजाने गरी तयारी भइरहेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र व्यवस्थित बनाउन आर्थिक मामिला तथा योजना मन्त्रालयसहित मातहतका ...
— प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । भारतबाट भित्रिने यात्रुको आवागमन सहजीकरण तथा सुरक्षा जाँचलाई थप कडाइ पारिएको हो । २१ फागुनमा देशभर एकै चरणमा निर्वाचन हुँदै छ । निर्वाचन नजिकिँदै जाँदा भारतबाट भित्रिने यात्रुको संख्या क्रमशः बढ्न थालेको सुरक्षा निकायहरूले जनाएका छन् । आवागमन हुने क्षेत्रमा सशस्त्र प्रहरीले सहायता ...
— गृह मन्त्रालयले निर्वाचनलाई असर पुग्ने गरी उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन चेतावनी दिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालसहितको सुरक्षा बैठकले निर्वाचन सुरक्षालाई प्रतिकूल असर पुग्ने गरी विभिन्न जिल्लामा भएका गतिविधिप्रति ध्यानाकर्षण भएको भन्दै कानुनले दण्डनीय मानेका गतिविधि नगर्न सचेत गराएको हो । पछिल्ला केहीदिनयता विभिन्न राजनीतिक दलका चुनाव केन्द्रीत कार्यक्रममा उत्तेजक अभिव्यक्ति दिने, प्रतिस्पर्धि दलबीच ...
— हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा नेपाली सेनाले घोडा प्रयोग गरेर सुरक्षा गस्ती सुरु गरेको छ । मंसिरयता परेको हिउँ जमेर हिँडेर एक ठाउँबाट अर्को ठाउँमा पुग्न समस्या भएपछि सेनाले स्थानीयको सहयोगमा घोडा प्रयोग गरेरै भए पनि विकट गाउँबस्तीको गस्ती सुरु गरेको हो । अहिले उपल्लो डोल्पामा पर्ने धो,कागकोट र सुम्दुवामा सेनाले आफ्नो बेस ...
— निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन मुलुकको सुशासन र संविधानको रक्षाका लागि निर्विकल्प रहेको बताएका छन्। गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको ‘निर्वाचन समाचार अभिमुखीकरण’ कार्यक्रममा बोल्दै उनले निर्वाचनको मिति तोकिएपछि विभिन्न संशय र हल्ला फैलाइए पनि मतदान प्रक्रिया कुनैपनि हालतमा नरोकिने दृढता व्यक्त गरे। ‘निर्वाचनको विकल्प निर्वाचन नै हो,’ भण्डारीले भने, ‘केही ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम