मुख्य समाचार
अमेरिकाबाट १ वर्षमा ५८५ आप्रवासी नेपाली निष्कासित
अमेरिकाबाट १ वर्षमा ५८५ आप्रवासी नेपाली निष्कासित

— अमेरिकाको ४७ औं राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ देखि दोस्रो कार्यकाल सुरु भएयता अमेरिकाबाट ५ सय ८५ नेपाली निष्कासित भएका छन् । राष्ट्रपति ट्रम्पले कागजातविहीन आप्रवासीलाई अमेरिकाबाट निष्कासित गर्ने नीतिलाई कडाइका साथ कार्यान्वयन गरेसँगै त्यसको प्रभाव नेपालीमा पनि परेको हो ।

वर्षौंदेखि कागजातविना बसोबास गर्दै आइरहेका १ हजार ३ सय ६५ जना नेपालीलाई एक वर्षभित्र निष्कासित गर्ने सूचीमा राखिएको थियो ।

अमेरिकामा कागजातविना बसोबास गर्दै आएका र आपराधिक गतिविधिमा संलग्न देखिएका आप्रवासीलाई ट्रम्प प्रशासनले निष्कासनको नीति लिएको छ । यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको समन्वय र अध्यागनसम्बन्धी नियन्त्रण र नियमन गर्ने उच्च अमेरिकी निकाय यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) को सक्रियतामा सुरु गरिएको निष्कासन नीतिलाई अमेरिकी सरकारले निरन्तरता दिँदै आएको छ ।

विगत एक वर्षमा अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या हरेक महिना बढ्दो छ । आइसको तथ्यांकअनुसार २०२५ को जनवरीमा ६ जना, फेब्रुअरीमा १८, मार्चमा ३२, अप्रिलमा २६, मेमा ५८, जुनमा ४२, जुलाईमा १७, अगस्टमा १६, सेप्टेम्बरमा ५३, अक्टोबरमा ३८, नोभेम्बरमा ८० र डिसेम्बरमा ९८ जना नेपालीलाई निष्कासित गरिएको थियो । जनवरी २०२६ मा भने हालसम्मकै सबैभन्दा धेरै १ सय १ जनालाई एकै पटक निष्कासित गरिएको छ ।

यसअघि ट्रम्पको पहिलो कार्यकाल (२०१७–२०२१) मा ४ सय २५ जना नेपालीलाई अमेरिकाबाट निष्कासित गरिएको थियो । जसमा २०१७ मा ९९, २०१८ मा ४४, २०१९ मा १ सय ६२, २०२० मा ९७ र २०२१ मा २३ जना नेपालीलाई निष्कासित गरिएको आइसको तथ्यांकमा उल्लेख छ । जो बाइडेनको कार्यकाल (२०२१–२०२५) मा अमेरिकामा कागजातविना बसोबास गर्दै आएको भन्दै १ सय ७ जना नेपालीलाई निष्कासित गरिएको थियो ।

कागजातविना बसोबास गर्दै आएका आप्रवासीले स्वैच्छिक रूपमा अमेरिकाबाट निष्कासित हुन चाहेमा २ हजार ६ सय अमेरिकी डलर र निःशुल्क हवाई टिकट पाउनेसमेत व्यवस्था गरिएको छ । होमल्यान्ड सेक्युरिटीले यसअघिकै ‘होम फर द होलिडेज’ पहलअन्तर्गत यो योजना ल्याएको जनाएको छ । एक जना कागजातविहीन आप्रवासीलाई प्रक्रिया पूरा गरेर अमेरिकाबाट निष्कासित गर्दा औसत १८ हजार २ सय ४५ डलर खर्च हुने होमल्यान्ड सेक्युरिटीको अनुमान छ । त्यो खर्चलाई मितव्ययी बनाउँदै स्वैच्छिक निष्कासनमा ५ हजार १ सय मात्र खर्च हुने भएपछि यस्तो योजना अघि सारेको होमल्यान्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोयमले जनाएकी छन् ।

उनले आग्रह गरेकी छन्, ‘यदि यस्तो योजनाअनुसार पनि उनीहरूले स्वैच्छिक निष्कासन नरोजेमा त्यस्ता कागजातविहीन आप्रवासीलाई पक्राउ गर्ने र भविष्यमा अमेरिका आउन नपाउने गरी निष्कासित गरिनेछ ।’ उनले यो कार्य निरन्तर कडाइका साथ जारी रहने बताउँदै आइसको कारबाही अहिले देशका भित्री भागमा भइरहेको उल्लेख गरिन् । अमेरिकामा बसोबास गर्दै आएका कागजातविहीन आप्रवासीमध्ये सबैभन्दा बढी मेक्सिको र त्यसपछि क्रमशः एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस, चीन, डोमिनिकन रिपब्लिक, भेनेजुएला, ब्राजिल र कोलम्बियाका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ । आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई ...
। नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका छन् । यस वर्ष दौड्ने नेपाल रन यूके आवद्ध हरेक नेपालीले म्याराथनलाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित तथा उनीहरूका परिवारप्रति समर्पित गरे । हाफ म्याराथनलाई नेपाली धावकहरुले आफ्नो मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको एक सशक्त ...
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
। नेपाली कला संस्कृति र पहिचानको उत्सव मानिने ‘लन्डन नेपाली मेला’ आइतबार केम्पटन पार्क रेस कोर्स प्राङ्गणमा सम्पन्न भएको छ । लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा तमुधिं यूकेले मेला आयोजना गरेको हो । नेपालका बाढी पीडितको सहयोगका लागि समर्पित उक्त मेला हेर्न झण्डै १० हजार सहभागी भए । तमुधिं यूकेले बाढी पीडितका लागि आर्थिक संकलन सुरु भइसकेको र ...
। भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै रक्षामन्त्री सिंहले भारतीय सरकार र जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली जनताप्रति हार्दिक समवेदना प्रकट गरेका हुन्। गत भदौ १० गते आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम