मुख्य समाचार
इथानोलबारे २० वर्षदेखि पटकपटक अध्ययन र छलफल भइरहेकाले आफू आइसकेपछि निर्णय लिन सहज
इथानोलबारे २० वर्षदेखि पटकपटक अध्ययन र छलफल भइरहेकाले आफू आइसकेपछि निर्णय लिन सहज

— उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल सिन्हाले इथानोलबारे २० वर्षदेखि पटकपटक अध्ययन र छलफल भइरहेकाले आफू आइसकेपछि निर्णय लिन सहज भएको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार आयोजना गरेको 'नेपालमा इथानोल मिश्रण नीति : अवसर, चुनौती र कार्यान्वयनका रणनीतिहरु' कार्यक्रममा उद्योग मन्त्री सिन्हाले यस्तो बताएका हुन् । 'वर्षौंदेखि छलफल भइरहेको रहेछ । त्यसैले हामीलाई धेरै छलफल गर्न समय लागेन । राजपत्रमा प्रकाशित गर्ने क्रममा रहेको छ,' उनले भने ।

इथानोल मिश्रणले आर्थिक र वातावरणदेखि सकरात्मक र धेरै उपलब्धि हासिल हुने उनको भनाइ छ । पेट्रोलमा १० प्रतिशत इथानोल मिश्रणपछि वार्षिक १३ करोड लिटर पेट्रोल आयात प्रतिस्थापन र त्यसबापत बाहिरिने ६ अर्ब रुपैयाँ बचाउन सकिने उनले बताए ।

इथानोल उत्पादनको मुख्य स्रोत उखु र अन्य कृषिजन्य उत्पादन रहेकाले चिनी उत्पादनको औद्योगीकरण हुने उनको भनाइ छ । कृषि उत्पादन हुन नसकेको बाँझो जग्गामा इथानोलका कच्चा पदार्थका लागि कृषिवस्तु उत्पादन गर्न सकिने र नयाँ उद्योग स्थापनासँगै रोजगारी सिर्जना हुने उनले दाबी गरे । 'हिमाली भेगमा चिसो मौसममा इथानोल मिश्रण भएको अवस्थाका सवारीका कार्यक्षमता कस्तो हुन्छ त्यो चुनौती छ । खाद्य सुरक्षाको टड्कारो प्रश्न छ,' उनले भने, 'फुड भर्सेस फ्युललाई सन्तुलित रुपमा अघि बढाउन जरुरी छ ।'


नेपाल आयल निगमका प्रबन्ध निर्देशक डा चण्डिका भट्टले धेरै समयदेखि इथानोल मिश्रण नीति कागज र बहसमै सीमित रहेको बताए । 'अब पनि कागजमा सीमित हुनु हुँदैन भनेर गति दिनका लागि राजनीतिक परिवर्तनको छोटो समयमै अन्तरिम सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्विकृत गरेको छ,' उनले भने । पेट्रोलियम पदार्थ उत्पादन गर्ने मुलुकमै पनि इथानोल मिश्रण नीति लागू गरिसकेकाले नेपालजस्तो आयातमा आधारित मुलुकमा यसको आवश्यकता भइसकेको उनको भनाइ छ ।

२०६० मंसिर २९ मै नेपालभर चल्ने सवारीसाधनमा प्रयोग हुने पेट्रोलमा २०६० माघ १ देखि अनिवार्य रुपमा इथानोल सम्मिश्रण गरी वातावरणमैत्री इन्धनका रूपमा प्रयोग गर्ने भन्दै राजपत्रमा सूचना जारी गरिएको थियो । २०७१०७२ को नीति तथा कार्यक्रममा पनि यसलाई समेटिएको छ । '२० वर्षपछि मात्रै लागू गर्ने किसिमको पेट्रोलमा इथानोल मिश्रण आदेश मन्त्रिपरिषद्‍बाट स्वीकृत भइसकेको छ,' उनले भने, 'छिट्टै राजपत्रमा आउनेछ र लागू हुनेछ ।'

उनका अनुसार इथानोल मिश्रणले आयात प्रतिस्थापन गर्न इन्धन सुरक्षामा योगदान व्यापार घाटा न्यूनिकरण गर्न औद्योगीकरणमा योगदान र रोजगारी सिर्जना गर्न ग्रामिण अर्थतन्त्रमा योगदान दिने सहज हुनेछ ।

इथानोल मिश्रणले न्यून कार्बन उत्सर्जन गरी स्वच्छ वातावरण र स्वस्थ जीवनका लागि फाइदा र ४५ प्रतिशत प्रदूषण कम गर्न सहयोग पुग्ने उनले बताए । कृषि योग्य जमिन ओगट्ने हुँदा खाद्य आपूर्ति शृंखलामा प्रभाव पार्छ कि भन्ने प्रश्न समेत उठेको उनको भनाइ छ ।

भारतमा सन् २०१४ देखि १.५ प्रतिशत इथानोल मिश्रण अघि बढाए पनि सन् २०२५ मा २० प्रतिशत पुगिसकेको छ । इथानोलका लागि आवश्यक केही कच्चा पदार्थ मात्रै आयात गर्न दिइएको उनले बताए । अहिले चिनी मिलबाट मात्रै कच्चा पदार्थ उत्पादन हुने उनले बताए । अहिले इथानोल मिश्रणमा अनुपात १० प्रतिशत मात्रै आदेशमा उल्लेख छ ।

'नेपालमा इथानोल मिश्रण नीति : अवसर, चुनौती र कार्यान्वयनका रणनीतिहरु' सत्रमा उद्योग मन्त्राालयका सहसचिव शिवराम पोखरेलले इथानोल उत्पादन गर्न चाहनेलाई यो आदेश आइसकेपछि बाटो खुलेको बताए । उत्पादककर्ता वा लगानीकर्ताले कहाँ कसरी बेच्ने भन्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ । 'इथानोल उत्पादन गर्न उद्योगीहरु तयार भइसकेपछि नै नीति ल्याइएको छ, बेच्ने ठाउँ तय भइसकेपछि उत्पादन हुन्छ,' उनले भने ।

कियान केमिकल इन्डस्ट्रिजका अध्यक्ष वेदप्रसाद खरेलले कच्चा पदार्थ मोलासिस ग्रेन र कासोभाको मिश्रितका लागि मेसिन बनाउन आग्रह गरिएको बताए । जंगली जीवजन्तुले दु:ख दिएर बाँझो रहेको जग्गामा इथानोलका कृषिजन्य कच्चा पदार्थहरू उत्पादन गर्न सकिने उनको भनाइ छ । इथानोलको उद्योग स्थापना गर्न १२ अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत भइसकेको र २ हजार रोजगारी दिने लक्ष्य रहेको उनले बताए । 'आदेश आइसके पनि अझै पनि राजपत्रमा आएको छैन, अझै पनि सास्ती छ, लागू हुन्छ जस्तो लाग्दैन,' उनले भने ।

नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार वार्षिक २ लाख ४० देखि ५० हजार टन चिनी खपत हुन्छ । ७० प्रतिशत उद्योग र ३० प्रतिशत घरपरिवारमा खपत हुने गरेको छ । पछिल्ला वर्षदेखि चिनी उत्पादन निरन्तरता बढिरहेको उनले सुनाए । 'गत वर्ष २ लाख टन चिनी उत्पादन भएको छ । मोलासिस दाना र मदिरा उद्योगमा खपत हुन्छ तर अझै खेर गइरहेको छ । मोलासिस खपत हुन्छ भने थप उत्पादन बढाउन सकिन्छ,' उनले भने ।

उपभोक्ताकर्मी माधव तिमल्सिनाले शून्यबाटै अध्ययन गरेर मात्र लागू गरिनुपर्ने धारणा राखे । 'आज पेट्रोलियम पदार्थको आयात घटाउन इथानोल मिश्रण गर्ने भन्छौं, पछि गएर कच्चा पदार्थमा पनि आयातमा निर्भर हुनुपर्‍यो भने हामीले कसरी आयात घटाउँछौं ?' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडाच्याङ्ग्रा नेपाल भित्रिएको हो । गत वर्षको भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको यहाँस्थित नेपाल–चीन उत्तरी कोरला नाकाबाट कानुनी प्रावधानअनुसार तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका हुन् । पशु क्वारेन्टाइन कार्यालय पोखराका प्रमुख एवं वरिष्ठ पशुचिकित्सक ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई नेपालमा लगानी र व्यापारका पर्याप्त अवसर रहेको बताएका छन् । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री वाग्लेले नेपालमा रहेको लगानीको अवसरलाई सदुपयोग गर्न आग्रह गरेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई)द्वारा शनिबार आयोजित व्यापार तथा लगानी अन्तर्क्रियामा अर्थमन्त्री वाग्लेले उदीयमान ...
। सरकारले धितोपत्रको कारोबारमा हुने लाभमा लाग्ने पुँजीगत लाभ कर घटाउने भएको छ । अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३ मार्फत सेयर कारोबारमा पुँजीगत लाभकर अधिकतम ५ प्रतिशत कायम गर्ने घोषणा गरेको हो । कार्ययोजना अनुसार नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको सेयरको हकमा व्यक्तिको हकमा तीन सय पैंसठ्ठी दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको ...
। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर हो । इन्डियन आयल कर्पोरेसन –आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता ...
। नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ । भन्सार प्रमुख बिदुर चुडालका अनुसार रसुवागढी-केरुङनाका र तातोपानीनाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम