मुख्य समाचार
मेक्सिकोमा सेनाले सुरु गरेको ड्रग्स तस्करीविरुद्धको अपरेशनका क्रममा ड्रग्स माफिया 'इल मेन्चो' मारिए
मेक्सिकोमा सेनाले सुरु गरेको ड्रग्स तस्करीविरुद्धको अपरेशनका क्रममा ड्रग्स माफिया 'इल मेन्चो' मारिए

— मेक्सिकोमा सेनाले सुरु गरेको ड्रग्स तस्करीविरुद्धको अपरेशनका क्रममा जेलिस्को न्यु जेनेरेशन कार्टेल (सिजेएनजी) प्रमुख नेमिसियो ओसेगुरा कार्भेन्टेसको मृत्यु भएको छ । ‘इल मेन्चो’ नामले चिनिने नेमेसियो विश्वकै कुख्यात ड्रग्स कारोबारीमध्ये एक मानिन्थे ।

प्रहरीसँगको झडपका क्रममा उनी मारिएका हुन् । पूर्व प्रहरी अधिकारी ओसेगुराको नेतृत्वमा सिजेएनजी मेक्सिकोभित्रैको शक्तिशाली र कठोर आपराधिक समुह बनेको थियो । मेक्सिकोको संघीय सुरक्षा बलले विभिन्न राज्यहरुमा अपरेशन सुरु गरेको थियो । त्यसक्रममा पश्चिमी राज्य जेलिस्कोस्थित तापाल्पामा चार सिजेएनजी सदस्यहरु मारिएको प्रैहरी जनाएको छ । यसक्रममा तीन प्रहरी पनि घाइते भएका छन् ।

यस राज्यका विभिन्न क्षेत्रमा दंगा भड्किएको थियो । नेमेसियो मारिएपछि उनीको सञ्जालका संदिग्ध ड्रग्स कारोबारीहरुले विभिन्न क्षेत्रमा हिंसा फैलाएको प्रहरीले जनाएको छ । उनीहरुले बस जलाउने तथा सुरक्षाकर्मीसँग भिडन्तमा उत्रने काम गरेका छन् ।

अमेरिकाको विदेश विभागले नयाँ सुचना जारी नभएसम्म आफ्ना नागरिकहरुलाई मेक्सिकोमै सुरक्षित बासस्थान वा होटलमा बस्न अपिल गरेको छ ।

यस अपरेशनलाई योजनावद्ध र सटिक तरिकाले सम्पन्न गरिएको मेक्सिकोको रक्षा मन्त्रालयले जनाएको छ । मेक्सिकन एयरफोर्सको विमान तथा नेशनल गार्डलाई पनि अपरेशनमा तैनाथ गरिएको थियो । यउसक्रममा ठूलो संख्यामा हतियारयुक्त गाडी जफत गरिएको मन्त्रालयले जनाएको छ ।

अमेरिकी अधिकारीहरुले महत्वपूर्ण सुचना दिएर सहयोग गरेको मेक्सिकोको राष्ट्रिय सुरक्षा कार्यालयले जनाएको छ । अमेरिकाका एक रक्षा अधिकारीले पनि अमेरिकी टास्क फोर्सले महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । तर, बिस्तृत विवरण बाहिर आएको छैन । ५९ वर्षीय नेमेसियोबारे सुचना दिनेलाई १ करोड ५० लाख डलर दिइने घोषणा यसअघि अमेरिकी विदेश विभागले गरेको थियो ।

सन् २०१० मा जेलिस्कोबाट सिजेएनजी कार्टेल सुरु भएको थियो । अहिले मेक्सिकोभर यसको प्रभाव छ । यस समुहले अमेरिकामा पनि ठूलो परिमाणमा ड्रग्स आपुर्ति गर्ने गरेको छ । फेन्टानिलको उत्पादनबाट उसले खर्बौ आम्दानी गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम