मुख्य समाचार
फेरि बढाए भन्सार, अब १५ प्रतिशत
फेरि बढाए भन्सार, अब १५ प्रतिशत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैश्विक भन्सार शुल्क १५ प्रतिशत पुर्‍याउने बताएका छन् । यसअघि शुक्रबार उनले अमेरिकामा आयात हुने सबै सामाग्रीमा १० प्रतिशत शुल्क लाग्ने बताएका थिए । तर शनिबार ट्रुथ सोशलमा नयाँ घोषणा गर्दै उनले १५ प्रतिशत भन्सार लगाइने बताए ।

अस्ट्रेलिया र बेलायतजस्ता देश यस घोषणाले अलमलमा परको छन् । यसअघि अमेरिकाले उनीहरुसँग १० प्रतिशत भन्सार लगाउने समझदारी गरेको थियो । तर, १९७४ व्यापार ऐनको धारा १ सय २२ अन्तर्गत ट्रम्पले १५ प्रतिशत भन्सार लगाउने नयाँ घोषणा गरेका छन् ।

अदालतको फैसलापछि विकल्प खोज्दै ट्रम्प

अमेरिकाको सर्वोच्च अदालतले १९७७ को अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन (आईईईपीए) प्रयोग गर्ने ट्रम्पको निर्णय नियमविपरीत रहेको फैसला सुनाएपछि ट्रम्पले नयाँ कानुन समातेर पहिले १० र त्यसपछि १५ प्रतिशत भन्सार लगाउने निर्णय गरेका हुन् ।

अदालतले आईईईपीएअन्तर्गत नयाँ कर तोक्ने अधिकार राष्ट्रपतिसँग नभएर कंग्रेससँग हुने फैसला सुनाएको थियो । जसकारण, यसअघि ट्रम्प प्रशासनले विभिन्न देशमाथि थोपरेको ठूलो भन्सार शुल्क खारेज भयो ।

अदालतमा ट्रम्पको निर्णयको विपक्षमा ६ जना र पक्षमा ३ जना न्यायाधिस देखिएका थिए । शुक्रबार ट्रम्पले सर्वोच्चको फैसलाको निन्दा गर्दै न्यायाधिसहरु विदेशी स्वार्थबाट परिचालित रहेको आरोप लगाएका थिए ।

अक्सफोर्ड इकोनोमिक्सले शुक्रबारको फैसला ट्रम्पको आर्थिक एजेन्डाको लागि ठूलो धक्का रहेको आँकलन गरेको छ । किनकी, ट्रम्पले प्रशासनले भन्सार शुल्क बढाएर २०२६ देखि २०३५ सम्म लगभग ३।६ ट्रिलियन डलर राजस्व उठाउने महत्वाकांक्षी लक्ष्य राखेको थियो ।

आईईईपीए प्रयोग गर्न नपाएपछि ट्रम्पले १९७४ को व्यापार ऐनको धारा १ सय २२ प्रयोग गरेर नयाँ कर लगाएका हुन् । यसमा १ सय ५० दिनसम्मका लागि १५ प्रतिशतसम्म अस्थायी आयात कर लगाउने अधिकार राष्ट्रपतिलाई हुन्छ । यो धारा यसअघि पहिले कहिल्यै प्रयोगमा आएको थिएन ।

ट्रम्प प्रशासनले १९७४ को व्यापार ऐनको धारा ३०१ अन्तर्गत भन्सार लगाउने विषयमा पनि अध्ययन भइरहेको जनाएको छ । उक्त कानूनले अमेरिकी व्यापार प्रतिनिधिलाई अन्य देशहरूको व्यापार अभ्यासहरूको अनुसन्धान गर्न र आवश्यक प्रक्रिया चाल्न अनुमति दिन्छ ।

त्यसैगरी, ट्रम्पले १९६२ को व्यापार बिस्तार ऐनको धारा २३२ अन्तर्गत शुल्क लगाउन पनि सक्छन् । आफ्नो पहिलो कार्यकालमा उनले यसको अत्यधिक प्रयोग गरेका थिए । यसले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने आयातित सामाग्रीहरुमा कर लगाउने अधिकार सरकारलाई दिन्छ । गत अप्रिलमा पनि उनले स्टील, आल्मुनियम, काठ र अटोमोबाइल उद्योगमा यही धाराअन्तर्गत कर लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम