मुख्य समाचार
आर्सनलले इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई ४–१ ले पराजित
आर्सनलले इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई ४–१ ले पराजित

— आर्सनलले इंग्लिस प्रिमियर लिगमा आइतबार टोटनहमलाई ४–१ ले पराजित गर्दै लिग तालिकाको शीर्षमा ५ अंकको अग्रता लिएको छ । यो जितपछि आर्सनलको ६१ अंक भएको छ ।

उसको पछाडि म्यानचेस्टर सिटी ५६ अंकमा रहेको छ ।

लन्डनको टोटनहम स्टेडियममा भएको खेलमा आर्सनलका लागि इबेरची इजी र भिक्टर ग्योकेरेसले दुई/दुई गोल गरे । टोटनहमका लागि रान्डल कोलो मुनीले एक गोल फर्काए ।

अन्य खेलमा लिभरपुलले नटिंघम फरेस्टलाई १–० ले हराएर आफ्नो शीर्ष चारको सम्भावनालाई कायम राख्यो । उसको ४५ अंक भएको छ । यस्तै क्रिस्टल प्यालेसले उल्भ्सलाई १–० ले पराजित गर्‍यो

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— दक्षिण अफ्रिकाले ट्वान्टी-२० विश्वकपको आइतबार भएको 'सुपर एट'को खेलमा भारतमाथि शानदार ७६ रनको जित हात पारेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले जितका लागि १ सय ८८ रनको लक्ष्य पाएको थियो । त्यसलाई पछ्याउने क्रममा भारत १८.५ ओभरमा १ सय ११ रन बनाएर अलआउट भयो । भारतका लागि शिवम दुबेले ३७ बलमा सबैभन्दा ...
। पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ३० वर्ष कटेपछि ५०० गोल पूरा गरेका छन् । अल–नासरबाट खेलिरहेका ४१ वर्षीय रोनाल्डोले शनिबार अल–हाजेमविरुद्ध दुई गोल गरेपछि ३० वर्ष कटेपछि मात्रै ५०० गोल गर्दै रेकर्ड बनाएका हुन् । उनले विगत ११ वर्षयता ५०० गोल गरेका हुन् । रोनाल्डोको २ गोलमा अल–नासरले अल–हाजेमविरुद्ध ४–० को जित निकाल्यो । यो जितसँगै ...
। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले श्रीलंकालाई पराजित गरेको छ । आइतबार पालेकेले स्टेडियममा भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले पराजित गरेको हो । इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याएको श्रीलंका १६.४ ओभरमा ९५ रनमा अलआउट भयो । कप्तान दशुन शनकाले सर्वाधिक ३० रन बनाए । कामिन्दु मेन्डिसले १३ रन बनाए ...
। इटालियन सिरी ए को शीर्ष स्थानमा रहेको इन्टर मिलानले शनिबार लेसेलाई २-० ले पराजित गरेको छ । यो जितपछि इन्टरले सिरी ए मा १० अंकको स्पष्ट अग्रता बनाएको छ । अवे मैदानमा इन्टरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । हेनरिक मिखाटारियनले ७५ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि म्यानुएल एकान्जीले ८२औं मिनेटमा दोस्रो ...
। बलिङमा इर्शाद अहमदको पाँच विकेट तथा ब्याटिङमा कप्तान रोहित पौडेल र आसिफ शेखले अर्धशतक बनाएपछि जय ट्रफी क्रिकेटको दोस्रो खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । मुलपानी क्रिकेट मैदानमा भएको खेलको दोस्रो दिनमा बागमतीले दिएको १३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान रोहित पौडेल ५६ रनमा अविजित ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम