मुख्य समाचार
दक्षिण अफ्रिकाले ट्वान्टी-२० 'सुपर एट'को खेलमा भारतमाथि शानदार ७६ रनको जित
दक्षिण अफ्रिकाले ट्वान्टी-२० 'सुपर एट'को खेलमा भारतमाथि शानदार ७६ रनको जित

— दक्षिण अफ्रिकाले ट्वान्टी-२० विश्वकपको आइतबार भएको 'सुपर एट'को खेलमा भारतमाथि शानदार ७६ रनको जित हात पारेको छ ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले जितका लागि १ सय ८८ रनको लक्ष्य पाएको थियो । त्यसलाई पछ्याउने क्रममा भारत १८.५ ओभरमा १ सय ११ रन बनाएर अलआउट भयो ।

भारतका लागि शिवम दुबेले ३७ बलमा सबैभन्दा बढी ४२ रन बनाए । लगातार तीन शून्यको प्रदर्शनपछि ओपनर अभिषेक शर्माले १५ रन बनाए । यस्तै, कप्तान सूर्यकुमार यादव र हार्दिक पान्ड्याले समान १८ रन जोडे । दक्षिण अफ्रिकी बलरमध्ये मार्को जेनसेनले २२ रनमा ४ विकेट लिए । केशव महाराजले पनि २४ रनमा ३ विकेट लिए ।

भारतको सुरुआत पनि राम्रो रहेन र इसान किसन शून्यमै आउट भए । यस्तै, तिलक वर्माले पनि १ रन मात्र जोडे । टस जितेर पहिले ब्याटिङको निर्णय गरेको दक्षिण अफ्रिकाले कमजोर सुरुआतलाई निस्तेज पार्दै ७ विकेटमा १ सय ८७ रनको सम्माजनक स्कोर खडा गरेको थियो ।

दक्षिण अफ्रिकाले २० रन बनाउँदासम्म ३ विकेट गुमाएको थियो र यसक्रममा दबाबमा देखिएको थियो । तर त्यसयता मध्यत्रमका ३ ब्याटरले दक्षिण अफ्रिकी इनिङ्स सम्हाले । डेवाल्ड ब्रेभिसले ४५ र डेविड मिलरले ६३ रन बनाए ।

यस्तै, स्ट्रिस्टन स्टब्सले ४४ रन थपे । भारतीय बलरमध्ये जसप्रित बुमराहले १५ रनमा ३ विकेट लिए । यस्तै, अर्सदीप सिंहले पनि २८ रनमा २ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम