— जनमत पार्टी प्रतापपुर गाउँपालिका अध्यक्ष धर्मेन्द्र हरिजन राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् ।
दुई वर्षदेखि जनमत पार्टीमा सक्रिय हरिजनले नयाँ सोचसहित रास्वपा प्रवेश गरेको बताए । रास्वपा पश्चिम नवलपरासीका सभापति महेन्द्र सिंह ठकुरी र क्षेत्र नम्बर १ का उम्मेदवार बिक्रम खनालले हरिजनलाई पार्टी प्रवेश गराएका थिए ।
चुनाव नजिकिएसँगै जिल्लामा पार्टी प्रवेश गराउने होडबाजी नै चलेको छ । आइतबार नै विभिन्न पार्टी परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गर्ने र कांग्रेस परित्याग गरेर रास्वपा प्रवेश गर्नेहरुलाई दलका उम्मेदवारले आ-आफ्नो चुनावी कार्यक्रममा पार्टी प्रवेश गराएका थिए ।