मुख्य समाचार
गृह मन्त्रालयले निर्वाचनलाई असर पुग्ने गरी उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन चेतावनी
गृह मन्त्रालयले निर्वाचनलाई असर पुग्ने गरी उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन चेतावनी

— गृह मन्त्रालयले निर्वाचनलाई असर पुग्ने गरी उत्तेजक र भड्काउ अभिव्यक्ति नदिन चेतावनी दिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालसहितको सुरक्षा बैठकले निर्वाचन सुरक्षालाई प्रतिकूल असर पुग्ने गरी विभिन्न जिल्लामा भएका गतिविधिप्रति ध्यानाकर्षण भएको भन्दै कानुनले दण्डनीय मानेका गतिविधि नगर्न सचेत गराएको हो ।

पछिल्ला केहीदिनयता विभिन्न राजनीतिक दलका चुनाव केन्द्रीत कार्यक्रममा उत्तेजक अभिव्यक्ति दिने, प्रतिस्पर्धि दलबीच आरोपप्रत्यारोप गर्ने, राजनीतिक दलका झण्डा जलाउने, त्यसको विरोधमा राँके जुलुस, टायर बाल्नेलगायत गतिविधि बढ्दै गएका छन् ।

रास्वपा र एमालेका नेताहरु चुनावी प्रचारका क्रममा सार्वजनिक रुपमै आरोप प्रत्यारोपमा उत्रिएका छन् । त्यस क्रममा उत्तेजक र भड्काउ अभिव्यक्ति समेत दिएका छन् ।

त्यस्तै, चुनावको विपक्षमा पनि विभिन्न पक्षबाट अभिव्यक्ति आइरहेका छन् । यसप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कानुनले निषेध गरेका गतिविधि नगर्न सम्वद्ध पक्षलाई ध्यानाकर्षण गरेको हो ।

निर्वाचन प्रचारप्रसारका क्रममा दिइएका उत्तेजक अभिव्यक्तिसहित चुनावी सुरक्षालाई अवरोध गर्ने गतिविधि सहृय नहुने भन्दै कानुनको दायरा र निर्वाचन आचारसंहिताभित्र रहन पनि गृह मन्त्रालयले चेतावनी दिएको छ ।

‘विभिन्न जिल्लाहरुमा निर्वाचन विरोधी गतिविधि गर्ने, प्रचारप्रसार कार्यमा राजनीतिक दल तथा व्यक्तिका विरुद्ध लाञ्छना लगाउने, टायर बाल्ने, राँके ज्लुस निकाल्ने, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा आगजनी तथा तोडफोड गर्ने तथा हिंसात्मक क्रियाकलाप गरी शान्ति सुव्यवस्था तथा वातावरणमा गम्भीर असर पुर्‍याउनेलगायत घटनाका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ,’ सुरक्षा बैठकपछि गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले भनिन्, ‘उल्लेखित कार्य कानुनद्वारा बर्जित र दण्डनीय भएकोले त्यस्तो कार्य गर्ने जोकोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कारबाही गरिन्छ ।’

विभिन्न जिल्लामा धार्मिक, साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने, राजनीतिक दलका नेताहरुबीच उत्तेजक र भड्काउ अभिव्यक्ति दिने कार्य बढेपछि आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु सम्मिलित बैठक बसेको थियो ।

त्यस क्रममा गृहमन्त्री अर्यालले चुनावलाई असर गर्ने गतिविधि नियन्त्रण गर्न र कसुरमा संलग्नलाई कारबाही दायरामा ल्याउन निर्देशन दिएका थिए ।

गृह मन्त्रालयले संविधानमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, सार्वजनिक शान्ति र व्यवस्थामा खलल गर्ने कार्यलाई निषेध गरिएको र दण्डनीय कार्यका लागि उक्साउने, गरी ‘नभएका–नगरेका अफवाह फैलाउन प्रचारप्रसार गर्न वा नाराजुलुस गर्नेमाथि निर्मम भएर कारबाही गर्न पनि प्रहरी र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जन र वडा नम्बर ६ का पूर्ववडाअध्यक्ष नुच्छे मर्हजन नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहालसहितका नेताले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । उनीहरू दुवै एमाले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । कार्यक्रममा संयोजक दाहालले कम्युनिष्ट एकता एमालेसहितको बृहत् ...
— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन् । यहाँ आइतबार आयोजित कार्यक्रममा नेकपा (एमाले) पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जन र वडा नं ६ का पूर्ववडाध्यक्ष नुच्छे मर्हजनलाई पार्टीमा स्वागत गर्दै संयोजक दाहालले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा ...
— पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त राजधानी मोडेल कलेजले व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। कलेजको व्यवस्थापन संकायअन्तर्गत एमबीएका छात्र कमल भट्टराईले सर्वोत्कृष्ट ग्रेड सीजीपीए ४.० प्राप्त गरेका छन् । उनलाई फागुन ८ मा आयोजित पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीले कुलपति पदकबाट विभूषित गरिएको छ। कुलपति पदकलाई कुनै ...
— निर्वाचन आयोगले निर्वाचन प्रचारका क्रममा चुनाव चिन्हको भौतिक स्वरुप प्रयोग नगर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्हको भौतिक स्वरूप प्रचारका क्रममा प्रयोग नगर्न निर्देशन दिएको हो । यसरी निर्वाचन चिन्हको भौतिक स्वरुप प्रचारका क्रममा बोक्दा जनसमुदायको शान्तिमा प्रतिकुल असर परेको र यस्तो ...
— नेपाली कांग्रेसले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता देवराज चालिसेले उक्त माग गरेका हुन् । उनले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यस्तो वातावरणको सुनिश्चित गर्ने कर्तव्यप्रति सरकारलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम