मुख्य समाचार
कांग्रेसले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग
कांग्रेसले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग

— नेपाली कांग्रेसले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता देवराज चालिसेले उक्त माग गरेका हुन् ।

उनले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै त्यस्तो वातावरणको सुनिश्चित गर्ने कर्तव्यप्रति सरकारलाई सचेत रहन पनि आग्रह गरे । जनताको मताधिकार गर्ने अधिकार दायाँबायाँ गर्ने छुट सरकारलाई नभएको पनि उनले बताए ।

'निर्वाचनको निष्पक्षतासाथ भयरहित, शान्तिपूर्ण र जनताले स्वतन्त्र रुपमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार हो । हामीले बारम्बार भनेका छौँ कि शासनको वैधताको स्रोत जनताको मताधिकार हो । यसमा दायाबाँया गर्ने छुट सरकारलाई छैन,' प्रवक्ता चालिसेले भने, 'हामी निर्वाचनलाई निष्पक्ष गराउने जिम्मा लिएको सरकार निष्पक्ष हुने वातावरण सुनिश्चित गर्न चाहन्छौँ । नेपाली कांग्रेसले अहिलेसम्म शंका गरिसकेको छैन । तर निष्पक्षताको वातावरण निर्माण गर्ने सरकारको कर्तव्य हो भन्ने कुरामा ऊ सचेत हुन जरुरी छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जन र वडा नम्बर ६ का पूर्ववडाअध्यक्ष नुच्छे मर्हजन नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहालसहितका नेताले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । उनीहरू दुवै एमाले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । कार्यक्रममा संयोजक दाहालले कम्युनिष्ट एकता एमालेसहितको बृहत् ...
— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन् । यहाँ आइतबार आयोजित कार्यक्रममा नेकपा (एमाले) पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका कीर्तिपुर नगरपालिकाका पूर्वप्रमुख रमेश महर्जन र वडा नं ६ का पूर्ववडाध्यक्ष नुच्छे मर्हजनलाई पार्टीमा स्वागत गर्दै संयोजक दाहालले राष्ट्रवादी शक्तिहरूबीचको सहकार्यले देशको राजनीतिमा ...
— पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त राजधानी मोडेल कलेजले व्यवस्थापन संकायमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ। कलेजको व्यवस्थापन संकायअन्तर्गत एमबीएका छात्र कमल भट्टराईले सर्वोत्कृष्ट ग्रेड सीजीपीए ४.० प्राप्त गरेका छन् । उनलाई फागुन ८ मा आयोजित पोखरा विश्वविद्यालयको २१ औं दीक्षान्त समारोहमा प्रधानमन्त्री एवं कुलपति सुशीला कार्कीले कुलपति पदकबाट विभूषित गरिएको छ। कुलपति पदकलाई कुनै ...
— निर्वाचन आयोगले निर्वाचन प्रचारका क्रममा चुनाव चिन्हको भौतिक स्वरुप प्रयोग नगर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिन्हको भौतिक स्वरूप प्रचारका क्रममा प्रयोग नगर्न निर्देशन दिएको हो । यसरी निर्वाचन चिन्हको भौतिक स्वरुप प्रचारका क्रममा बोक्दा जनसमुदायको शान्तिमा प्रतिकुल असर परेको र यस्तो ...
— लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका योजना तयार गर्दा बजेटको सीमालाई मुख्य प्राथमिकतामा राख्ने भएको छ । योजना तर्जुमामार्फत टुक्रे योजनाको कटौती गर्दै हरेक योजना प्रदेश मन्त्रिपरिषद‍्बाट स्वीकृत गरेर मात्र कार्यान्वयनमा लैजाने गरी तयारी भइरहेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र व्यवस्थित बनाउन आर्थिक मामिला तथा योजना मन्त्रालयसहित मातहतका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम