मुख्य समाचार
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनमा आपतकालीन बिजुली आपुर्ति रोक्ने धम्की
स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनमा आपतकालीन बिजुली आपुर्ति रोक्ने धम्की

— स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोले युक्रेनमा आपतकालीन बिजुली आपुर्ति रोक्ने धम्की दिएका छन् । सोभियतकालीन द्रुज्बा पाइपलाईन क्रसिङबाट सोमबारसम्म स्लोभाकियामा रुसी तेल आपुर्ति हुनुपर्ने माग उनले राखेका छन् ।

उनले युक्रेनलाई मात्रै फाइदा हुनेगरी दुईपक्षीय सम्बन्ध बढाउन नसकिने बताए । शनिबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उनले लेखेका छन्, ‘ यदी युक्रेनी राष्ट्रपतिले तेल आपुर्तिलाई सोमबारसम्म सुचारु गरेनन् भने त्यही दिन म सम्बन्धित स्लोभाक कम्पनीहरुलाई आपतकालीन बिजुली आपुर्ति रोक्न निर्देशन दिनेछु ।’

झन्डै एक महिनादेखि द्रुज्बा पाइपलाइन काटिएको छ । किभले रुसी ड्रोन आक्रमणबाट यो पइपलाईन क्षतिग्रस्त भएको बताएको छ । त्यस्तै, रुसले युक्रेनमाथि यस्तो आक्रमणको आरोप लगाएको छ । यो पाइपलाइनले रुसबाट युक्रेन हुँदै विभिन्न देशमा क्रुड तेल वितरण गर्छ ।

‘युक्रेनी राष्ट्रपतिले हाम्रो शान्तिवादी दृष्टिकोण बुझ्न अस्वीकार गर्छन् र हामी युद्धलाई समर्थन नगर्ने भएकाले स्लोभाकियाप्रति दुर्भावनापूर्ण व्यवहार गर्छन्,’ उनले लेखेका छन् ।

यसअघि क्षतिग्रस्त पाइपलाईन मर्मत नगरेसम्म युक्रेनलाई दिने भनिएको ९० अर्ब युरोको आपतकालीन ऋण रोक्ने धम्की हंगेरीले दिएको थियो ।

स्लोभाकिया र हंगेरी दुबै रूसी तेल प्रयोग गर्दै आएका छन् । मस्कोसँग उनीहरुको निकै राम्रो सम्बन्ध छ । रुसी आक्रमणले युक्रेनको उर्जा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । जसकारण, युक्रेनले स्लोभाकियाबाट आपतकालीन बिजुली निर्यात गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम