मुख्य समाचार
सोमालिल्यान्डको राष्ट्रपति कार्यालयका मन्त्री खादर हुसेन अब्दीले अमेरिकालाई खनिज र सैनिक अखडामा पहुँच दिन तयार
सोमालिल्यान्डको राष्ट्रपति कार्यालयका मन्त्री खादर हुसेन अब्दीले अमेरिकालाई खनिज र सैनिक अखडामा पहुँच दिन तयार

— सोमालिल्यान्डको राष्ट्रपति कार्यालयका मन्त्री खादर हुसेन अब्दीले अमेरिकालाई खनिज र सैनिक अखडामा पहुँच दिन तयार रहेको बताएका छन् ।

‘हामी अमेरिकालाई हाम्रा खनिजहरूमा पहुँच दिन इच्छुक छौं । त्यस्तै अमेरिकाले हाम्रा सैन्य अखडा प्रयोग गर्नसक्छ,’ एएफपी समाचार एजेन्सीसँगको अन्तर्वार्तामा मन्त्री हुसेनले भने । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि यस्तो सहमति गर्न तयार रहेको उनले बताए ।

अमेरिकाले अझै पनि सोमालिल्यान्डलाई मान्यता दिएको छैन । सोमालिल्यान्डलाई स्वतन्त्र देशको मान्यता दिने इजरायल पहिलो देश हो । गत डिसेम्बरमा उसले सोमालिल्यान्डलाई मान्यता दिएको थियो ।

सन् १९९१ मा सोमालिल्यान्डले सोमालियाबाट अलग भएको घोषणा गरेको थियो । त्यसयता, यहाँ अलग सरकार छ । तर, सोमालियाले यसलाई आफ्नो अभिन्न क्षेत्र मान्दै आएको छ । सोमालियामा राष्ट्रपति सियाद बारेको झन्डै दुई दशक लामो कट्टरपन्थी शासनपछि गृहयुद्ध निम्तिएको थियो ।

त्यही समय उत्तरपश्चिमी क्षेत्र सोमालिल्यान्डले आफुलाई स्वतन्त्र घोषणा गर्यो‍ । उत्तरतर्फको ठूलो भाग सेनाले ध्वस्त पारेका बेला सोमालिल्याण्डले आफुलाई स्वतन्त्र घोषणा गरेको थियो । यस्तो अराजकताबचि १९९० को दशकको अन्त्यतिर सोमालिल्यान्ड स्थिर थियो ।
आफ्नो क्षेत्रीय अखण्डता र एकतामाथि आक्रमण गर्दै ईजरायलले विभाजनलाई मान्यता दिएको सोमालियाको आरोप छ । सोमालियाको पक्षमा अधिकांश अफ्रिकी र अरब देशहरुले समर्थन गरेका छन् । उनीहरुले सोमालिल्यान्डलाई दिइएको मान्यता फिर्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई दबाब दिइरहेका छन् ।

तर सोमालील्याण्डका नेता अब्दिरहमान मोहम्मद अब्दुल्लाही (सिरो) ले इजरायलको कूटनीतिक कदमको स्वागत गरेका छन् । नेतान्याहूले क्षेत्रीय स्थिरता र शान्ति प्रवद्र्धन गर्ने प्रतिबद्धता देखाएको दाबी उनले गरेका छन् ।

सिरोले हालैका इजरायललाई आफ्ना खनिज स्रोतहरूमा विशेष पहुँच प्रदान गर्न सकिने बताएका छन् । मन्त्री हुसेन अब्दीले इजरायललाई सैन्य उपस्थिति स्थापना गर्न अनुमति दिने सम्भावना कायमै रहेको बताए ।

सोमालिल्याण्डका अधिकारीहरूले आफ्नो देशमा लिथियम, कोल्टन र अन्य खनिज पाइने दाबी गरिरहेका छन् । यद्यपी, यसबारे धेरै अध्ययन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम