मुख्य समाचार
सोमालिल्यान्डको राष्ट्रपति कार्यालयका मन्त्री खादर हुसेन अब्दीले अमेरिकालाई खनिज र सैनिक अखडामा पहुँच दिन तयार
सोमालिल्यान्डको राष्ट्रपति कार्यालयका मन्त्री खादर हुसेन अब्दीले अमेरिकालाई खनिज र सैनिक अखडामा पहुँच दिन तयार

— सोमालिल्यान्डको राष्ट्रपति कार्यालयका मन्त्री खादर हुसेन अब्दीले अमेरिकालाई खनिज र सैनिक अखडामा पहुँच दिन तयार रहेको बताएका छन् ।

‘हामी अमेरिकालाई हाम्रा खनिजहरूमा पहुँच दिन इच्छुक छौं । त्यस्तै अमेरिकाले हाम्रा सैन्य अखडा प्रयोग गर्नसक्छ,’ एएफपी समाचार एजेन्सीसँगको अन्तर्वार्तामा मन्त्री हुसेनले भने । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि यस्तो सहमति गर्न तयार रहेको उनले बताए ।

अमेरिकाले अझै पनि सोमालिल्यान्डलाई मान्यता दिएको छैन । सोमालिल्यान्डलाई स्वतन्त्र देशको मान्यता दिने इजरायल पहिलो देश हो । गत डिसेम्बरमा उसले सोमालिल्यान्डलाई मान्यता दिएको थियो ।

सन् १९९१ मा सोमालिल्यान्डले सोमालियाबाट अलग भएको घोषणा गरेको थियो । त्यसयता, यहाँ अलग सरकार छ । तर, सोमालियाले यसलाई आफ्नो अभिन्न क्षेत्र मान्दै आएको छ । सोमालियामा राष्ट्रपति सियाद बारेको झन्डै दुई दशक लामो कट्टरपन्थी शासनपछि गृहयुद्ध निम्तिएको थियो ।

त्यही समय उत्तरपश्चिमी क्षेत्र सोमालिल्यान्डले आफुलाई स्वतन्त्र घोषणा गर्यो‍ । उत्तरतर्फको ठूलो भाग सेनाले ध्वस्त पारेका बेला सोमालिल्याण्डले आफुलाई स्वतन्त्र घोषणा गरेको थियो । यस्तो अराजकताबचि १९९० को दशकको अन्त्यतिर सोमालिल्यान्ड स्थिर थियो ।
आफ्नो क्षेत्रीय अखण्डता र एकतामाथि आक्रमण गर्दै ईजरायलले विभाजनलाई मान्यता दिएको सोमालियाको आरोप छ । सोमालियाको पक्षमा अधिकांश अफ्रिकी र अरब देशहरुले समर्थन गरेका छन् । उनीहरुले सोमालिल्यान्डलाई दिइएको मान्यता फिर्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई दबाब दिइरहेका छन् ।

तर सोमालील्याण्डका नेता अब्दिरहमान मोहम्मद अब्दुल्लाही (सिरो) ले इजरायलको कूटनीतिक कदमको स्वागत गरेका छन् । नेतान्याहूले क्षेत्रीय स्थिरता र शान्ति प्रवद्र्धन गर्ने प्रतिबद्धता देखाएको दाबी उनले गरेका छन् ।

सिरोले हालैका इजरायललाई आफ्ना खनिज स्रोतहरूमा विशेष पहुँच प्रदान गर्न सकिने बताएका छन् । मन्त्री हुसेन अब्दीले इजरायललाई सैन्य उपस्थिति स्थापना गर्न अनुमति दिने सम्भावना कायमै रहेको बताए ।

सोमालिल्याण्डका अधिकारीहरूले आफ्नो देशमा लिथियम, कोल्टन र अन्य खनिज पाइने दाबी गरिरहेका छन् । यद्यपी, यसबारे धेरै अध्ययन भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...