मुख्य समाचार
आगामी निर्वाचनमा बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने
आगामी निर्वाचनमा बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने

: नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आगामी निर्वाचनमा बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा खनालले क्रान्तिकारी जनमत निर्माण गर्नको लागि पार्टी चुनावमा होमिएको बताएका हुन्।

उनले बहुमत आउन नसके समाजवादका पक्षधर, प्रगतिशील, देशभक्त शक्तिहरूसँग मिलेर सरकार बनाउनुपर्ने बताए। अवसरको खोजीका लागि प्रतिक्रियावादी शक्तिहरू मिलेर सरकार बनाउने प्रयास गरे वर्ग दृष्टिकोण समाप्त हुने उनले बताए।


खनालले समाजवादका आधार तयार गर्नका लागि सडक र सदनबाट सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। उनले यसपटकको निर्वाचनपछि प्रतिपक्षीमा बस्नुपर्ने अवस्था आए अर्को निर्वाचनमा बहुमत ल्याउने गरि तयारी गर्नुपर्ने बताए। तर सरकार बनाउने अवस्थामा व्यक्तिगत स्वार्थलाई ध्यान दिए पार्टीलाई नै सकिने अवस्था आउने उनले बताए।



उनले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई सुदृढ गर्नको निम्ति आगामी निर्वाचन निकै महत्वपूर्ण रहेको धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदीस्थित भैंसेगौंडामा भएको बस दुर्घटनामा परेका १९ जनाकै पहिचान खुलेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग२ख बस सोमाबार बिहान धादिङमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सनाखत भएका मृतकहरुको विवरण: १. स्टेवार्ट डोमिनिक इथान, २४ वर्षीय ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं ४ का लागि ९ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलगायतका विषयमा आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। उनले मधेसका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्। 'मधेसको यो उर्वर भूमि, सर्लाही क्षेत्र नं. ४ को माटोमा उभिइरहँदा म श्रद्धा, गौरव र जिम्मेवारी महशुस ...
: झापा–५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाह (बालेन) ले मतदाता माझ सार्वजनिक गरेको वाचापत्रमा सुकुमबासी तथा भूमिहीन समस्या समाधानलाई प्राथमिक एजेण्डाका रूपमा अघि सारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका रहेका उनले ‘राजनीति पेशा होइन’ भन्ने मूल नारासहित भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएका छन् । बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि ...
: धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा आइतबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ ख.१४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी र बेनिघाटका ...
: निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसारमा सहभागी भएको पाइएमा कारबाही हुने जनाएको छ। स्थानीय तहका केही जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत हुने गरी प्रचारप्रसारमा सहभागी भएको उजुरी आएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए। निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम