मुख्य समाचार
शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारप्रसारमा सहभागी भएको पाइएमा कारबाही हुने
शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारप्रसारमा सहभागी भएको पाइएमा कारबाही हुने

: निर्वाचन आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारी निर्वाचन प्रचारप्रसारमा सहभागी भएको पाइएमा कारबाही हुने जनाएको छ। केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भनी आयोगमा उजुरी तथा गुनासो आएको आयोगले जनाएको छ।

आयोगले मंगलबार विज्ञप्ति जारी गरेर आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा आचारसंहिताको दफा ४८ बमोजिम कारबाही हुने जनाएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदीस्थित भैंसेगौंडामा भएको बस दुर्घटनामा परेका १९ जनाकै पहिचान खुलेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग२ख बस सोमाबार बिहान धादिङमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सनाखत भएका मृतकहरुको विवरण: १. स्टेवार्ट डोमिनिक इथान, २४ वर्षीय ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं ४ का लागि ९ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलगायतका विषयमा आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। उनले मधेसका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्। 'मधेसको यो उर्वर भूमि, सर्लाही क्षेत्र नं. ४ को माटोमा उभिइरहँदा म श्रद्धा, गौरव र जिम्मेवारी महशुस ...
: झापा–५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाह (बालेन) ले मतदाता माझ सार्वजनिक गरेको वाचापत्रमा सुकुमबासी तथा भूमिहीन समस्या समाधानलाई प्राथमिक एजेण्डाका रूपमा अघि सारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका रहेका उनले ‘राजनीति पेशा होइन’ भन्ने मूल नारासहित भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएका छन् । बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि ...
: धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा आइतबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ ख.१४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी र बेनिघाटका ...
: निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत हुने गरी राजनीतिक दल तथा उम्मेदवारहरूको प्रचारप्रसारमा सहभागी भएको पाइएमा कारबाही हुने जनाएको छ। स्थानीय तहका केही जनप्रतिनिधिहरू निर्वाचन आचारसंहिता विपरीत हुने गरी प्रचारप्रसारमा सहभागी भएको उजुरी आएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए। निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम