मुख्य समाचार
राजेन्द्र लिङ्देनले देश चुनावमा होमिसकेकाले त्यसलाई आफ्नो पार्टीले अवसरका रुपमा उपयोग गर्ने बताए
राजेन्द्र लिङ्देनले देश चुनावमा होमिसकेकाले त्यसलाई आफ्नो पार्टीले अवसरका रुपमा उपयोग गर्ने बताए

: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश चुनावमा होमिसकेकाले त्यसलाई आफ्नो पार्टीले अवसरका रुपमा उपयोग गर्ने बताएका छन् ।

चुनावी प्रचारप्रसारका क्रममा शनिबार नवलपरासी पुगेका अध्यक्ष लिङ्देनले जिल्लाको क्षेत्र नम्बर २ मा गरेको ‘रोड शो’ कार्यक्रम अन्तर्गत भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । २०८४ मा हुने निर्वाचन अहिले गरिनु भनेको मुलुकलाई जटिलतातर्फ धकेल्ने काम भएको उनको भनाई थियो ।


‘हामीले सबै दल र शक्तिको सहकार्यमा नयाँ ढंगबाट मुलुकलाई अघि बढाउने प्रस्ताव राखेका थियौं तर त्यसलाई वास्ता नगरेर चुनाव घोषणा गरियो’, उनले भने । उनले अहिलेको निर्वाचनले समस्याको निकास नदिने दाबी गर्दै राप्रपाले यस चुनावबाट प्राप्त हुने जनसमर्थनलाई राष्ट्रिय सहमति निर्माण गर्ने अवसरका रुपमा उपयोग गर्ने बताए । जबरजस्त चुनाव गरिएको छ । यसले पनि पूर्ण निकास दिँदैन । तर राप्राले यो चुनानमार्फत प्राप्त शक्तिलाइ फेरि पनि देशमा राष्ट्रिय सहमति निर्माण गर्ने अवसरका रुपमा उपययोग गर्दै नयाँ ढंगबाट देशलाई अघि बढाउँछ’। अध्यक्ष लिङ्देनले भने ।

उनले कहिले प्रजातन्त्र कहिले लोकतन्त्र र कहिले गणतन्त्रका नाममा दुई दशकदेखि चलाइएको व्यवस्थाले भ्रष्टाचार र लुटतन्त्र निम्ताएकै कारण जेनजी आन्दोलन भएको बताए । अहिलेको चुनावले युवा पुस्ताको परिवर्तनको चाहनालाई पूरा नगर्ने उनको जिकिर थियो ।

जेनजीको परिवर्तनको चाहनालाई पूरा गर्न संविधान परिवर्तन आवश्यक रहेको उनको भनाई छ । ‘अब निर्वाचित हुने दलसहित युवा पुस्ता र सबै शक्तिको सहमतिबाट संविधान परिवर्तन गरी राजसंस्थासहित सनातन हिन्दु राष्ट्रको निर्माणले मात्र देशको निकास सम्भव छ’, उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: धादिङको भैंसीगौडामा गएराति भएको यात्रुबाहक बस दुर्घटनामा १९ जनाको मृत्यु भएको छ। मृत्यु भएकामध्ये तीन जना विदेशी नागरिक छन्। मृतक विदेशी नागरिकको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश दाहालका अनुसार बेलायतका २४ वर्षीय स्टीवर्ट डोमिनिक इथान, ३४ वर्षीय चिनियाँ नागरिक जियाङ चोनुम र ३० वर्षीय भारतीय नागरिक ...
— धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदीस्थित भैंसेगौंडामा भएको बस दुर्घटनामा परेका १९ जनाकै पहिचान खुलेको छ । पोखराबाट काठमाडौं आउँदै गरेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग२ख बस सोमाबार बिहान धादिङमा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने घाइते २६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सनाखत भएका मृतकहरुको विवरण: १. स्टेवार्ट डोमिनिक इथान, २४ वर्षीय ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही क्षेत्र नं ४ का लागि ९ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारीलगायतका विषयमा आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका हुन्। उनले मधेसका मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्। 'मधेसको यो उर्वर भूमि, सर्लाही क्षेत्र नं. ४ को माटोमा उभिइरहँदा म श्रद्धा, गौरव र जिम्मेवारी महशुस ...
: झापा–५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाह (बालेन) ले मतदाता माझ सार्वजनिक गरेको वाचापत्रमा सुकुमबासी तथा भूमिहीन समस्या समाधानलाई प्राथमिक एजेण्डाका रूपमा अघि सारेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका रहेका उनले ‘राजनीति पेशा होइन’ भन्ने मूल नारासहित भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाएका छन् । बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि ...
: धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडामा आइतबार राति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ ख.१४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी र बेनिघाटका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम