मुख्य समाचार
इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरे
इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरे

: इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरेका छन्। यो पछिल्ला महिनामा भएको घातक दमन पछिको पहिलो ठूलो स्तरको प्रदर्शन हो।

बिबिसीका अनुसार तेराहनको शरीफ विश्वविद्यालयको परिसरमा शनिबार सयौं विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए। शान्तीपूर्ण रुपमा प्रदर्शनी सुरु भएपनि पछि विद्यार्थी र सरकार समर्थकहरूबीच झडप पनि भएको थियो । धेरै विद्यार्थीहरू इरानी राष्ट्रिय झन्डा बोकेर सडकमा उत्रिएका थिए। उनीहरुले तानाशाहको मृत्यु होस् लगायतका नारा लगाएका थिए।

यसका साथै कतियप विद्यार्थीहरु तेहरानकै शहिद बेहेष्टी विश्वविद्यालयमा शान्तिपूर्ण धर्नामा बसेका थिए। भने अमिर कबीर युनिभर्सिटी अफ टेक्नोलोजीमा सरकारविरुद्ध नाराबाजी गरिएको थियो। पूर्वोत्तर क्षेत्रमा र्‍यालीहरू निकालिएका विवरणमा जनाइएको छ। योे विरोध प्रदर्शन जनवरीको ठूलो प्रदर्शनमा मारिएका हजारौं प्रदर्शनकारीको सम्झनामा गरिएको बताइएको छ।


उता अमेरिका र इरानबीच दिन प्रतिदिन तनाव बढ्दै गइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैन्य कारबाही गर्ने तयारी थालेका छन् । अमेरिका र यसको यूरोपेली सहयोगीहरूले इरान परमाणु हतियार विकासतर्फ अघि बढिरहेको शंका व्यक्त गरेको छ। तर इरानले त्यो कुरा अस्वीकार गर्दै आएको छ।

गत मंगलबार स्विट्ज़रल्यान्डमा अमेरिकी र इरानी अधिकारीहरूको वार्ता भएको थियो। उक्त वार्तामा केही सहमती जुटेपनि तनाव भने पूर्णरुपमा कम हुन सकेको छैन्। वार्तामा प्रगति भएका विवरणहरूपश्चात्‌ पनि ट्रम्पले इरानसँग सहमति हुन्छ अथवा अमेरिकाले सैनिक कारबाही गर्छ भन्ने कुरा "सम्भवतः आगामी १० दिनमा" थाहा हुने बताए। यसै बीच इरानका विश्वविद्यालयहरूमा देखिएको नयाँ विरोधले तनाव चर्किन सक्ने संकेत गरेकाे छ।

प्रदर्शन कसरी सुरु भयो ?

इरानमा सरकार विरुद्धको आन्दोलन आर्थिक गुनासोबाट जनवरी महिनामा सुरु भएको हो। जुन १९७९ को इस्लामिक क्रान्तिपछि सबैभन्दा ठूलो आन्दोलनका रुपमा हेरिएको छ। ती प्रदर्शनहरूका क्रममा ६,१५९ जना व्यक्ति मारिएका अमेरिकामा अवस्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सीले पुष्टि गरेको थियो।

त्यसमा ५,८०४ जना प्रदर्शनकारी, ९२ जना बालबालिका र सरकार सम्बद्ध २१४ जना थिए। इरानी अधिकारीहरूले गत महिना ३, १०० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएकाे बताएका थिए। तीमध्ये "दङ्गाकारीहरू" बाट मारिएका अधिकांश सुरक्षाकर्मी अथवा बटुवाहरू रहेका अधिकारीहरूको दाबी छ।

शनिबार भएको आन्दोलन भने अमेरिकासँग सम्भावित युद्धको तयारीको बीचमा भएको हो।जसले गर्दा यी दुई देेशबीचकाे आगामी कदम के हुन्छ भन्ने देखाउने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम