मुख्य समाचार
निर्वाचनपछि नयाँ समझदारीका साथ मुलुकलाई अघि बढाउनुपर्ने
निर्वाचनपछि नयाँ समझदारीका साथ मुलुकलाई अघि बढाउनुपर्ने

: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनपछि नयाँ समझदारीका साथ मुलुकलाई अघि बढाउनुपर्ने बताएका छन्।

रूपन्देही-१ का राप्रपा उम्मेदवार प्रज्वल बोहराको प्रचारप्रसारका लागि रुपन्देहीको धकधईमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले ८४ को निर्वाचन ८२ मा गरेरमात्रै मुलुकको समस्या हल नहुने भन्दै निर्वाचनपछि सबै पक्षलाई मिलाएर नविनतम समझदारीका साथ देशलाई अघि बढाउनुपर्ने बताए।


उनले निर्वाचनअघि नै राजा, राजनीतिक दल र नव युवा पुस्ताको बीच नविनतम सम्झौता हुनुपर्नेमा राप्रपाले जोड दिए पनि कसैले नसुनेको आरोप लगाए। अध्यक्ष लिङ्देनले मुलुकमा राष्ट्रिय समझदारी कायम गर्नका लागि दबाब पुग्ने किसिमले मतदान गर्न आग्रह गरे। उम्मेदवारले घरदैलोमा आएर नमस्कार गर्ने दिन फागुन २१ सम्म भएकाले सोचेरमात्र आफ्नो मत सदुपयोग गर्न उनको भनाइ छ।



अध्यक्ष लिङ्देनले निर्वाचनपछि बलियो शक्ति भएर नविनतम समझदारी दिने अवस्था सिर्जना गर्ने उल्लेख गरे। रुपन्देही-१ बाट राप्रपाका दिवंगत नेता दीपक बोहराका छोरा प्रज्वल चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल चेकजाँचको क्रममा व्यापक अनियमितता भइरहेको भन्दै श्रम मन्त्रालयले अनुगमन सुरु गरेको छ। मेडिकल गर्ने बहानामा म्यानपावर व्यवसायी, एजेन्ट, मेडिकल व्यवसायीले श्रमिकलाई अनावश्यक दु : ख दिने र ठगी गर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि उपत्यकामा २ सय १२ वटा स्वास्थ्य संस्थालाई सरकारी अनुमति छ। सीप ...
:राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुलीले राजीनामा दिएका छन्। आज बिहान नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भेटेपछि उनले पार्टीबाट राजीनामा दिएका हुन्। उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर-२ का चुनावी संयोजक निराजन बर्तौलासहित अन्य नेताहरु पनि काङ्ग्रेसमा फर्किन तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आज हेटौँडामा शक्ति प्रदर्शन गर्न लागिरहेकै बेला जिल्ला संयोजक नै कांग्रेस प्रवेश ...
— गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्रसंघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरुको क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा अगामी ...
: सिन्धुलीको मरिण गाउँपालिका–४ साहान निर्माणाधीन हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच झडप भएको छ । झडपमा पाँच जना चिनियाँसहित सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार मरिण गाउँपालिका–६ धमिले बस्ने बर्ष ३० को नबराज बम्जनलाई कामबाट निकालेको बिषयलाई लिएर वादविवाद हुँदा दुबै पक्षबीच झडपको अवस्था ...
— मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयको फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले गत फागुन ४ मा जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको सक्कल फाइल मगाउन आदेश दिएको हो । 'प्रसाईंको हकमा उमा प्रसाईंले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा यस्तो आदेश आएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम