मुख्य समाचार
भक्तपुरका नेकपा एमाले उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
भक्तपुरका नेकपा एमाले उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुरका नेकपा एमाले उम्मेदवारहरूले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै भक्तपुर क्षेत्र १ का एमाले उम्मेदवार सोमप्रसाद मिश्र र भक्तपुर क्षेत्र २ का उम्मेदवार महेश बस्नेतले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरे।


दुवै उम्मेदवारहरूले राष्ट्र र राष्ट्रियताको सबालमा पार्टीको स्पष्ट अडान जनतासामु राख्दै मुलुकमा सुशासन, जनजीविका, रोजगारीलाई सुनिश्चितता गर्ने प्रतिबद्धता जनाए।

एमाले सचिवसमेत रहेका उम्मेदवार बस्नेतले मुलुकमा वैदेशिक हस्तक्षेपलाई रोक्नु नै यसपटकको मुख्य एजेण्डा भएको बताए।

उनले आगामी दिनमा कसैले पनि राष्ट्रघात काम गर्न नपाउने गरी शासक नभइ सेवकको रूपमा जनतामा जाने उल्लेख गरे। उनले भक्तपुरको सम्पदाको जगेर्ना र विकास गर्दै सांस्कृतिक र पर्यटकीय क्षेत्रको रूपमा अघि बढाइने बताए।

त्यस्तै भक्तपुर क्षेत्र १ का एमाले उम्मेदवार मिश्रले भूउपयोगको वर्गीकरणमा जनताको भावनालाई समेट्ने गरी नीति बनाउने, संवैधानिक नियुक्तिलाई पारदर्शी बनाइने, भ्रष्टाचार र अनियमितताका कार्यहरूलाई निरुत्साहन गर्ने लगायतका एजेण्डाहरू प्रस्तुत गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल चेकजाँचको क्रममा व्यापक अनियमितता भइरहेको भन्दै श्रम मन्त्रालयले अनुगमन सुरु गरेको छ। मेडिकल गर्ने बहानामा म्यानपावर व्यवसायी, एजेन्ट, मेडिकल व्यवसायीले श्रमिकलाई अनावश्यक दु : ख दिने र ठगी गर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि उपत्यकामा २ सय १२ वटा स्वास्थ्य संस्थालाई सरकारी अनुमति छ। सीप ...
:राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुलीले राजीनामा दिएका छन्। आज बिहान नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भेटेपछि उनले पार्टीबाट राजीनामा दिएका हुन्। उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर-२ का चुनावी संयोजक निराजन बर्तौलासहित अन्य नेताहरु पनि काङ्ग्रेसमा फर्किन तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आज हेटौँडामा शक्ति प्रदर्शन गर्न लागिरहेकै बेला जिल्ला संयोजक नै कांग्रेस प्रवेश ...
— गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्रसंघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरुको क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा अगामी ...
: सिन्धुलीको मरिण गाउँपालिका–४ साहान निर्माणाधीन हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच झडप भएको छ । झडपमा पाँच जना चिनियाँसहित सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार मरिण गाउँपालिका–६ धमिले बस्ने बर्ष ३० को नबराज बम्जनलाई कामबाट निकालेको बिषयलाई लिएर वादविवाद हुँदा दुबै पक्षबीच झडपको अवस्था ...
— मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयको फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले गत फागुन ४ मा जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको सक्कल फाइल मगाउन आदेश दिएको हो । 'प्रसाईंको हकमा उमा प्रसाईंले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा यस्तो आदेश आएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम