: उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरी जोगी टोलमा सोमबार बस दुर्घटना भएको छ । कटारीबाट गाईघाट तर्फ आउदै गरेको बा २ ख ६२५७ नं.को ओखलढुङ्गे बस बिहान करिब ११ः५० बजे ब्रेक फेल भई सडकबाट अन्दाजी ३०-४० फिट तल खसेर दुर्घटना हुँदा १०-१२ जना घाइते भएका छ्न् ।
दुर्घटनापछि सशस्त्र प्रहरी बल नं.५ गण उदयपुरबाट खटिएको क्युआरटी टोलीले घाइतेहरुको उद्दार गरेर अस्पताल पठाएको छ । दुर्घटनाको बिस्तृत बिबरण आउन बाँकी छ ।