मुख्य समाचार
डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ
डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ। अमेरिकी सुरक्षाकर्मीले अनुसार आइतबार बिहान करिब १:३० बजेतिर ट्रम्पको निवास प्रवेश गरेका २१ वर्षीय अस्टिन टकर मार्टिन अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेका हुन् ।

उनी नर्थ क्यारोलिनाका बासिन्दा हुन् । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने उनको परिवारका सदस्य फ्लोरिडास्थित घरमै थिए । उनीहरू सुरक्षित रहेको अधिकारीहरुले बताएका छन् ।


अमेरिकी सिक्रेट सर्भिसका अनुसार ती व्यक्ति शटगन र इन्धनको कन्टेनर बोकेका अवस्थामा भेटिएका थिए। सुरक्षाकर्मीले उनलाई हतियार छोड्न आदेश दिएपछि उनले इन्धनको कन्टेनर भुईंमा राखे पनि शटगन चलाउन खोजेपछि गोली चलाउनुपरेको पाम बीच काउन्टीका शेरिफ रिक ब्रेडशाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार घटनाको कारणबारे हालसम्म केही खुलाइएको छैन। अनुसन्धानको जिम्मा एफबीआईले लिएको छ। एफबीआई निर्देशक क्यास पटेलले सामाजिक सञ्जालमार्फत आवश्यक सबै स्रोत परिचालन गरिएको बताएका छन्। उनले उत्तर गेट नजिकैबाट प्रवेश पाएको बताइएको छ, जहाँबाट एक पाहुना बाहिरिँदै गर्दा सुरक्षा चेकमा कमजोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
अधिकारीहरूले उनी आफ्नो गृह राज्यबाट फ्लोरिडा जाँदै गर्दा हतियार किनेको हो वा होइन भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्। उनका परिवारले शनिबार उनी हराएको जानकारी दिएको बताइएको छ।

अमेरिकामा पछिल्लो समय राजनीतिक हिंसाका घटना बढ्दै गएका बेला यो घटना भएको हो। सन् २०२४ मा पेन्सिल्भेनियामा भएको चुनावी सभामा ट्रम्पमाथि गोली प्रहार भएको थियो भने फ्लोरिडाको वेस्ट पाम बीचस्थित गल्फ कोर्समा पनि उनीमाथि आक्रमणको प्रयास भएको थियो। यस घटनाबारे थप अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम