मुख्य समाचार
डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ
डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ। अमेरिकी सुरक्षाकर्मीले अनुसार आइतबार बिहान करिब १:३० बजेतिर ट्रम्पको निवास प्रवेश गरेका २१ वर्षीय अस्टिन टकर मार्टिन अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेका हुन् ।

उनी नर्थ क्यारोलिनाका बासिन्दा हुन् । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने उनको परिवारका सदस्य फ्लोरिडास्थित घरमै थिए । उनीहरू सुरक्षित रहेको अधिकारीहरुले बताएका छन् ।


अमेरिकी सिक्रेट सर्भिसका अनुसार ती व्यक्ति शटगन र इन्धनको कन्टेनर बोकेका अवस्थामा भेटिएका थिए। सुरक्षाकर्मीले उनलाई हतियार छोड्न आदेश दिएपछि उनले इन्धनको कन्टेनर भुईंमा राखे पनि शटगन चलाउन खोजेपछि गोली चलाउनुपरेको पाम बीच काउन्टीका शेरिफ रिक ब्रेडशाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमअनुसार घटनाको कारणबारे हालसम्म केही खुलाइएको छैन। अनुसन्धानको जिम्मा एफबीआईले लिएको छ। एफबीआई निर्देशक क्यास पटेलले सामाजिक सञ्जालमार्फत आवश्यक सबै स्रोत परिचालन गरिएको बताएका छन्। उनले उत्तर गेट नजिकैबाट प्रवेश पाएको बताइएको छ, जहाँबाट एक पाहुना बाहिरिँदै गर्दा सुरक्षा चेकमा कमजोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
अधिकारीहरूले उनी आफ्नो गृह राज्यबाट फ्लोरिडा जाँदै गर्दा हतियार किनेको हो वा होइन भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्। उनका परिवारले शनिबार उनी हराएको जानकारी दिएको बताइएको छ।

अमेरिकामा पछिल्लो समय राजनीतिक हिंसाका घटना बढ्दै गएका बेला यो घटना भएको हो। सन् २०२४ मा पेन्सिल्भेनियामा भएको चुनावी सभामा ट्रम्पमाथि गोली प्रहार भएको थियो भने फ्लोरिडाको वेस्ट पाम बीचस्थित गल्फ कोर्समा पनि उनीमाथि आक्रमणको प्रयास भएको थियो। यस घटनाबारे थप अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...