मुख्य समाचार
गृहमन्त्री ओमप्रकाश अर्यालले धादङि बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे
गृहमन्त्री ओमप्रकाश अर्यालले धादङि बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगे

— गृहमन्त्री ओमप्रकाश अर्यालले धादङि बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगेका छन् । गृहमन्त्री अर्यालले सोमबार अपरान्ह कलंकीस्थति नेपाल नेसनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेलाई भेटी स्वास्थ्यअ अवस्थाबारे जानकारी लिएका हुन् ।

दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो, भने २५ जना घाइते भएका थिए । घाइतेहरूको उद्धार गरेर अहिले कलंकीस्थति नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

त्यस अवसरमा गृहमन्त्री अर्यालले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा सरकारले कुनै कमि आउन नदिने प्रतिवद्धता जनाए । उनले दुर्घटनाको शिघ्र अनुसन्धान गरी दोषिलाई कनुनी दायरामा ल्याइने बताए ।

दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ (पाँच) सदस्यीय छानबिन कार्यदल गठन गरिएको छ ।

पृथ्वी राजमार्ग अन्तगर्त पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति १ बजेर ३० मिनेटमा धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

गृहमन्त्रीका साथमा गृहसचिव मन्त्रालयका उच्च अधिकारी, स्वास्थ्य मन्त्रालयका अधिकारी, सुरक्षा निकायका प्रमुखलगायत अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गर्भवतीको ज्यानमा खतरा पुग्ने अवस्थामा जतिसुकै अवधिको गर्भपतन गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो व्यवस्था प्रस्तावित छ । यो विधेयक यही असोज ५ गते स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रतिनिधिसभामा दर्ता गरेकी छन् । जसमा सुरक्षित गर्भपतन सम्बन्धी ...
। त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सोमबार राति नै निधन भएको हो । अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो। सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको ...
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम