मुख्य समाचार
प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा २२ माघमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने निर्णय
प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा २२ माघमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने निर्णय

— जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले २४ भदौको प्रदर्शनका क्रममा सिंहदरबारमा आगजनी गरेको आरोपमा २२ माघमा पक्राउ परेका महेन्द्र गौतमलाई उन्मुक्ति दिने निर्णय गरेको छ । कार्यालयले गौतमविरुद्व मुद्दा दायर गर्ने आधार र कारण नभएको भन्दै मुद्दा नचलाउने निर्णय गरेको हो । उक्त निर्णय सदरमा लागि उच्च सरकारी वकील कार्यालय पाटनमा पठाएको छ ।

उनले सिंहदरबार जलाएको भनेर सामाजिक सञ्जालमा भिडिओ अपलोड गरेका थिए । उनलाई प्रहरीले ५ महिनापछि पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौंले म्याद दिएर थुनामा राखेर अनुसन्धान पनि भएको थियो । उनले सिंहदरबरमा आगजनी गरेर फर्किएको भन्दै सगर्व बोलेका थिए । चितवनका गौतमको उक्त भिडियोकै आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि वढाएको थियो । प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका गौतम चितवन खैरहनी नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-२९ अनामनगरका बसोबास गर्दै आएका थिए । उनले भिडिओमा भनेका थिए, ‘सिंहदरबारको गेट तोडेरभित्र पसेर गृह मन्त्रालयदेखि सबै कार्यालयमा आगो लगाई भ्याइसक्यौं ।’

उनीमाथि आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप समेत गरिएको थियो । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका प्रमुख रामहरि काफ्लेले गौतमविरुद्ध मुद्दा चलाउनका लागि प्रमाण नपुगेकाले उक्त निर्णय भएको र सदरका लागि उच्च सरकारी वकील कार्यालय पठाएको जानकारी दिए ।

उच्च सरकारी वकील कार्यालय पाटनका प्रमुख ईश्वरीप्रसाद ढकालले मुद्दा नचल्ने भनि जिल्ला सरकारी वकील कार्यालयबाट आएको फाइल अध्ययनकै क्रममा रहेको उनले बताए । जिल्ला सरकारी वकील कार्यालयबाट भएको निर्णय महान्यायाधिवक्ता कार्यालयबाट सदर भएमा लागू हुन्छ । यदि महान्यायाधिवक्ताले मुद्दा चलाउने निर्णय सदर नगरी मुद्दा चलाउनु भनेमा मुद्दा दायर गर्नुपर्छ । जिल्ला सरकारी वकील कार्यालयबाट भएको निर्णय सुरुमा उच्च सरकारी वकील कार्यालयले सदर गर्छ अनि उक्त निर्णय महान्यायाधिवक्ता कार्यालयमा पेश हुन्छ । महान्यायाधिवक्ता कार्यालयमा नायब महान्यायाधिवक्ता हुँदै महान्यायाधिवक्तामा पुगेर निर्णय सदर हुन्छ । यसअघि आफ्नो स्वार्थ बाँझिने 'होप फर्टिलिटी सेन्टर'लाई डिम्ब तस्करीमा उन्मुक्ती दिएर विवादमा आएकी महान्यायाधिवक्ता सविता भण्डारीकै दबाबमा यो निर्णय गरिएको जिल्ला सरकारी वकील कार्यालयका एक अधिकृतले बताए ।

भण्डारीले केही समयअघि सहकारी ठगीमा रवि लामिछाने र छविलाल जोशी, जिबी राईसहित ५० जना भन्दा धेरैको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगपत्र फिर्ता लिने निर्णय पनि गरेकी थिइन् । उक्त निर्णय विवादमा परेपछि सर्वोच्चमा रिट दर्ता भएको छ भने कास्की र रुपन्देही जिल्ला अदालतले सर्वोच्चको निर्णय पछि मात्र सुनुवाई हुने भन्दै आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले आसन्न निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। पार्टी कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले निष्पक्ष निर्वाचनको वातावरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताए। कांग्रेसले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै चालिसे त्यस्तो वातावरणको सुनिश्चित ...
: वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल चेकजाँचको क्रममा व्यापक अनियमितता भइरहेको भन्दै श्रम मन्त्रालयले अनुगमन सुरु गरेको छ। मेडिकल गर्ने बहानामा म्यानपावर व्यवसायी, एजेन्ट, मेडिकल व्यवसायीले श्रमिकलाई अनावश्यक दु : ख दिने र ठगी गर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि उपत्यकामा २ सय १२ वटा स्वास्थ्य संस्थालाई सरकारी अनुमति छ। सीप ...
:राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुलीले राजीनामा दिएका छन्। आज बिहान नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भेटेपछि उनले पार्टीबाट राजीनामा दिएका हुन्। उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर-२ का चुनावी संयोजक निराजन बर्तौलासहित अन्य नेताहरु पनि काङ्ग्रेसमा फर्किन तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आज हेटौँडामा शक्ति प्रदर्शन गर्न लागिरहेकै बेला जिल्ला संयोजक नै कांग्रेस प्रवेश ...
— गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्रसंघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरुको क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा अगामी ...
: सिन्धुलीको मरिण गाउँपालिका–४ साहान निर्माणाधीन हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच झडप भएको छ । झडपमा पाँच जना चिनियाँसहित सात जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार मरिण गाउँपालिका–६ धमिले बस्ने बर्ष ३० को नबराज बम्जनलाई कामबाट निकालेको बिषयलाई लिएर वादविवाद हुँदा दुबै पक्षबीच झडपको अवस्था ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम