मुख्य समाचार
सिन्धुलीको मरिण गाउँपालिका–४ साहान निर्माणाधीन हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच झडप
सिन्धुलीको मरिण गाउँपालिका–४ साहान निर्माणाधीन हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच झडप

: सिन्धुलीको मरिण गाउँपालिका–४ साहान निर्माणाधीन हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच झडप भएको छ । झडपमा पाँच जना चिनियाँसहित सात जना घाइते भएका छन् ।



जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार मरिण गाउँपालिका–६ धमिले बस्ने बर्ष ३० को नबराज बम्जनलाई कामबाट निकालेको बिषयलाई लिएर वादविवाद हुँदा दुबै पक्षबीच झडपको अवस्था आएको हो ।


सोमबार बिहान पौने ९ बजे झडप भएको हो । झडपमा मरिण गाउँपालिका–६ धमिले बस्ने बर्ष ३० को नवराज बम्जन घाइते भएका छन् । उनको दायाँ आँखामा र दायाँ खुट्टामा चोट लागेका कारण थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको प्रहरीले जनाएको छ ।



यस्तै उदयपुरको कटारी नगरपालिका–१२ बस्ने बर्ष २२ को गोकर्ण कटुवाल पनि घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । झडपमा पाँच जना चिनियाँ कामदार घाइते भएका छन् । घाइते हुनेहरूमा चीन घर भई हाल हिमालयन फुड कम्पनीमा काम गर्ने बर्ष ३८ मिस्टर याङ कानमा, ४५ को याङ हाईबो, बर्ष ४० का छ्याङ छोङ, बर्ष ४६ को चुजेन र बर्ष ३१ को लेउसेन्सी रहेका छन् ।

उनीहरू सबैको प्रायः टाउको र हातमा चोट लागेको छ । घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भईरहेको छ । घटना लगत्तै ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट १० र निर्वाचन प्रहरी १५ गरी २५ जनाको सुरक्षा टोली परिचालन गरिएको छ । थप घटना हुन नदिन थप सुरक्षाकर्मी परिचालन गर्ने र घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरी प्रमुख सुवेदीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसले आसन्न निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। पार्टी कार्यालय सानेपामा आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले निष्पक्ष निर्वाचनको वातावरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताए। कांग्रेसले निर्वाचनमा निष्पक्षताका साथ भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै चालिसे त्यस्तो वातावरणको सुनिश्चित ...
: वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल चेकजाँचको क्रममा व्यापक अनियमितता भइरहेको भन्दै श्रम मन्त्रालयले अनुगमन सुरु गरेको छ। मेडिकल गर्ने बहानामा म्यानपावर व्यवसायी, एजेन्ट, मेडिकल व्यवसायीले श्रमिकलाई अनावश्यक दु : ख दिने र ठगी गर्ने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि उपत्यकामा २ सय १२ वटा स्वास्थ्य संस्थालाई सरकारी अनुमति छ। सीप ...
:राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका सभापति भरत पराजुलीले राजीनामा दिएका छन्। आज बिहान नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भेटेपछि उनले पार्टीबाट राजीनामा दिएका हुन्। उनीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर-२ का चुनावी संयोजक निराजन बर्तौलासहित अन्य नेताहरु पनि काङ्ग्रेसमा फर्किन तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले आज हेटौँडामा शक्ति प्रदर्शन गर्न लागिरहेकै बेला जिल्ला संयोजक नै कांग्रेस प्रवेश ...
— गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्रसंघकी नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट्रसंघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरुको क्षमता वृद्धि लगायतका क्षेत्रमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगको लागि धन्यवाद व्यक्त गरे । संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा अगामी ...
— मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयको फाइल झिकाउन आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले गत फागुन ४ मा जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको सक्कल फाइल मगाउन आदेश दिएको हो । 'प्रसाईंको हकमा उमा प्रसाईंले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा यस्तो आदेश आएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम