मुख्य समाचार
भारतको झारखण्ड राज्यको चत्रा जिल्लामा दिल्ली जाँदै गरेको एक एयर एम्बुलेन्स दुर्घटनामा
भारतको झारखण्ड राज्यको चत्रा जिल्लामा दिल्ली जाँदै गरेको एक एयर एम्बुलेन्स दुर्घटनामा

। भारतको झारखण्ड राज्यको चत्रा जिल्लामा दिल्ली जाँदै गरेको एक एयर एम्बुलेन्स दुर्घटनामा परेको छ । दुर्घटनामा विमानमा सवार सातै जनाको ज्यान गएको छ । यो घटना सोमबार साँझ सिमारिया क्षेत्र नजिकै भएको हो ।

रेडबर्ड एयरवेज प्रा.लि.द्वारा सञ्चालित बिचक्राफ्ट सी-९० विमान साँझ ७:११ बजे राँची विमानस्थलबाट दिल्लीका लागि उडेको थियो । करिब ७:३० बजेदेखि विमान सम्पर्कविहीन भएको र पछि चत्रा जिल्लाको कासारिया पञ्चायत क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको अधिकारीहरूले बताएका छन् ।
दुर्घटनामा क्याप्टेन विवेक विकास भगत, क्याप्टेन सवराजदीप सिंह, सञ्जय कुमार, डा. विकास कुमार गुप्ता, सचिन कुमार मिश्रा, अर्चना देवी र धुरु कुमारको मृत्यु भएको पुष्टि गरिएको छ । सबै शव फेला पारेर पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

४१ वर्षीय सञ्जय कुमारलाई गम्भीर अवस्थामा उपचारका लागि राँचीबाट दिल्ली लैजान एयर एम्बुलेन्स व्यवस्था गरिएको थियो । उनी ६५ प्रतिशतसम्म जलेका कारण केही दिनदेखि देवकमल अस्पतालमा उपचाररत थिए । परिवारका सदस्यका अनुसार उनको अवस्था अत्यन्त नाजुक भएकाले सडकमार्गबाट लैजान सम्भव नभएको र चिकित्सकको सुझावमा एयर एम्बुलेन्स प्रयोग गरिएको थियो ।

स्थानीय बासिन्दाका अनुसार दुर्घटना भएको बेला क्षेत्रमा तीव्र हावा, भारी वर्षा, चट्याङ र ठूलो गर्जन भइरहेको थियो । खराब मौसमका बीच ठूलो आवाजसहित विमान खसेको उनीहरूले बताएका छन् ।

नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले विमानले कोलकातासँग ७:३४ बजे सम्पर्क गरेपछि राडार सम्पर्क गुमाएको जनाएको छ । विमान वाराणसीबाट करिब १०० नटिकल माइल दक्षिण–पूर्वमा सम्पर्कविहीन भएको थियो ।

विमान दुर्घटनाको कारण पत्ता लगाउन एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेशन ब्युरो (एएआईबी) को टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गर्ने बताइएको छ । ब्ल्याक बक्सबाट दुर्घटनाको वास्तविक कारण खुल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम