मुख्य समाचार
उपेन्द्र यादवले मधेशी जनताको अधिकारको लडाइँ हुँदा बालेन्द्र शाह (बालेन) कहाँ थिए भन्दै प्रश्न गरे
उपेन्द्र यादवले मधेशी जनताको अधिकारको लडाइँ हुँदा बालेन्द्र शाह (बालेन) कहाँ थिए भन्दै प्रश्न गरे

। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारको लडाइँ हुँदा बालेन्द्र शाह (बालेन) कहाँ थिए भन्दै प्रश्न गरेका छन् । उनले मधेशको मुद्दामा बालेनको कुनै धारणा नरहेको बताए ।

जसपा नेपाल रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । ‘राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिदैन । वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन,’ उनले भने ।

मधेशको मुद्दा बोक्ने, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग, महिला र राष्ट्रिय समस्यालाई बोक्ने पार्टी जसपा नेपाल नै उनले दाबी गरे ।

‘मधेशका जनताले तीनलाई राम्रोसँग बुझेका छन् । त्यसैले घण्टी हल्लाउँदैमा हल्लिनेवाला छैन । अलिकति सोसल मिडियाहरूमा अलि बढी घण्टी बज्या जस्तो छ । तर, यथार्थ ग्राउन्ड रियालिटी त्यस्तो देखिँदैन,’ अध्यक्ष यादवले भने ।

मधेशको समस्या, आदिवासी जनजाति, दलित, अल्पसंख्यको मुस्लिम, दलित, थारू, पिछडा वर्गको समस्या आज राष्ट्रिय समस्याहरू भएको उनले बताए । यसलाई समाधान गरे मात्र राष्ट्रिय एकता र विकासको गति अगाडि बढ्छ भन्ने आफूहरूको मान्यता रहेको उनले बताए ।

पूर्वउपप्रधानमनी समेत रहेका यादवले विगत ३५ वर्ष कांग्रेस–कम्युनिस्टको नेतृत्वमा बनेका सरकारले सरकारले कृषि, शिक्षा, स्वास्थ्य, उद्योग लगायतमा कुनै सुधार गर्न नसकेको बताए ।

उनले यी दुई पार्टीले अर्काको पार्टी फुटाउने काम गरेको आरोप लगाए । उनले संविधान त्रुटिपूर्ण भएको समयक्रमसँगै प्रमाणित भएकोले संविधान संशोधन अपरिहार्य रहेकोमा जोड दिए ।

त्यस्तै पार्टीका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले मधेश आन्दोलनको बेला राज्यले निर्दोश नागरिकको हत्या गर्दा आफूहरू संयमित भएर आन्दोलन अगाडि बढाएको बताए ।

‘राज्यको अर्थतन्त्रलाई बचाएनौं भने भोली त्यसको भोगाइमा हामी पनि पर्छौं भन्ने कुरामा जहिले पनि सर्तक छौं,’ उनले भने ।

कोटहीमाई गाउँपालिका–७ स्थित परसहवामा मंगलबार आयोजित आमसभालाई सम्बोधन गर्न यादव रुपन्देही आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले तीन प्रदेशमा चुनावी सभाको मिति तय गरेको छ । तय भएको मितिअनुसार फागुन १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकी प्रदेशको पोखरामा र १७ गते बागमती प्रदेशको काठमाडौंमा चुनावी सभा हुने भएको छ । यसअघि कांग्रेसले मधेश प्रदेशको जनकपुरधाममा चुनावी सभा आयोजना गरिसकेको छ । अन्य प्रदेशको मिति टुंगिन बाँकी रहेको कांग्रेसले ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले जनता अहिले परिवर्तनको पक्षमा रहेको दाबी गर्दै त्यो परिवर्तनकारी शक्ति आफूहरू भएको बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाट काठमाडौं-५ मा उम्मेदवार रहेका थापाले सोमबार घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै खास परिवर्तनकारी शक्ति राप्रपा नै भएको दाबी गरेका हुन् । अहिलेको निर्वाचन जेनजीको आन्दोलनको जगमा भएको बताउँदै थापाले निर्वाचनको ...
। हिमाली जिल्ला डोल्पामा एक यस्तो वडा छ, जहाँको मतदाता संख्या ४० जना मात्रै छ । शे-फोक्सुन्डो गाउँपालिका-६, को फोतगाउँको कुल मतदाता संख्या ४० रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार सो वडाको कुल जनसंख्या पनि ८५ जना मात्रै छ । हिमाली क्षेत्रको विकट यो गाउँमा रहेका ४० मतदातामध्ये पुरुष २१ र ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म-संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । नेपाल बहुजाति, बहुभाषि, बहुधार्मिक समाजको देश भएको बताउँदै कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचेमात्रै राष्ट्र र लोकतन्त्र ...
। धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा आज भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो । महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए । प्रहरीका अनुसार भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम