मुख्य समाचार
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मिथिला मध्यमा परिक्रमाले मिथिलाको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई थप सुदृढ बनाएको बताएका छन्
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मिथिला मध्यमा परिक्रमाले मिथिलाको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई थप सुदृढ बनाएको बताएका छन्

। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मिथिला मध्यमा परिक्रमाले मिथिलाको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई थप सुदृढ बनाएको बताएका छन् । सोमबार मिथिला मध्यमा परिक्रमाका क्रममा महोत्तरीस्थित कञ्चनवन बासामा आयोजित अध्यात्मिक होली विशेष उत्सवमा मुख्यमन्त्री यादवले यस्तो बताएका हुन् । ्

मुख्यमन्त्री यादवले होली पर्वलाई आध्यात्मिक दृष्टिकोणबाट मनाउने परम्पराले समाजमा सकारात्मक ऊर्जा र नैतिक मूल्य मान्यताको प्रवर्द्धन गर्ने धारणा राखे । मिथिला क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्त्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको धारणा थियो ।

मुख्यमन्त्री यादवले परिक्रमामा सहभागी साधुसन्त, श्रद्धालु तथा स्थानीयवासीको सक्रिय सहभागिताले प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विभिन्न धार्मिक अगुवा, स्थानीय जनप्रतिनिधि तथा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले तीन प्रदेशमा चुनावी सभाको मिति तय गरेको छ । तय भएको मितिअनुसार फागुन १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकी प्रदेशको पोखरामा र १७ गते बागमती प्रदेशको काठमाडौंमा चुनावी सभा हुने भएको छ । यसअघि कांग्रेसले मधेश प्रदेशको जनकपुरधाममा चुनावी सभा आयोजना गरिसकेको छ । अन्य प्रदेशको मिति टुंगिन बाँकी रहेको कांग्रेसले ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले जनता अहिले परिवर्तनको पक्षमा रहेको दाबी गर्दै त्यो परिवर्तनकारी शक्ति आफूहरू भएको बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाट काठमाडौं-५ मा उम्मेदवार रहेका थापाले सोमबार घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै खास परिवर्तनकारी शक्ति राप्रपा नै भएको दाबी गरेका हुन् । अहिलेको निर्वाचन जेनजीको आन्दोलनको जगमा भएको बताउँदै थापाले निर्वाचनको ...
। हिमाली जिल्ला डोल्पामा एक यस्तो वडा छ, जहाँको मतदाता संख्या ४० जना मात्रै छ । शे-फोक्सुन्डो गाउँपालिका-६, को फोतगाउँको कुल मतदाता संख्या ४० रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार सो वडाको कुल जनसंख्या पनि ८५ जना मात्रै छ । हिमाली क्षेत्रको विकट यो गाउँमा रहेका ४० मतदातामध्ये पुरुष २१ र ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म-संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । नेपाल बहुजाति, बहुभाषि, बहुधार्मिक समाजको देश भएको बताउँदै कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचेमात्रै राष्ट्र र लोकतन्त्र ...
। धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा आज भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो । महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए । प्रहरीका अनुसार भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम