मुख्य समाचार
कमल थापाले जनता अहिले परिवर्तनको पक्षमा रहेको दाबी गर्दै त्यो परिवर्तनकारी शक्ति आफूहरू भएको बताएका छन्
कमल थापाले जनता अहिले परिवर्तनको पक्षमा रहेको दाबी गर्दै त्यो परिवर्तनकारी शक्ति आफूहरू भएको बताएका छन्

। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का पूर्व अध्यक्ष कमल थापाले जनता अहिले परिवर्तनको पक्षमा रहेको दाबी गर्दै त्यो परिवर्तनकारी शक्ति आफूहरू भएको बताएका छन् । प्रतिनिधिसभा निर्वाचनमा राप्रपाबाट काठमाडौं-५ मा उम्मेदवार रहेका थापाले सोमबार घरदैलोका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै खास परिवर्तनकारी शक्ति राप्रपा नै भएको दाबी गरेका हुन् ।

अहिलेको निर्वाचन जेनजीको आन्दोलनको जगमा भएको बताउँदै थापाले निर्वाचनको एजेन्डा पनि जेनजीले उठाएकै कुरा रहेको बताए । ‘जेनजी र नेपाली जनताको चाहना भनेको भ्रष्टाचार र कुशासनको अन्त्य, सुशासनका माध्यमबाट देशको आर्थिक समृद्धि हो,’ थापाले भने, ‘यही मूल मान्यताका आधारमा राप्रपाले भ्रष्टाचार र कुशासनको अन्त्यका लागि राजसंस्था र हिन्द राष्ट्र, औद्योगीकरण, कृषि र पर्यटन क्षेत्रको विकासबाट व्यापक आर्थिक समृद्धि हासिल हाम्रो एजेन्डा हो ।’

यो चुनावमा मुख्य गरी दुई पक्षको बिचको प्रतिस्पर्धा रहेको उल्लेख गर्दै उनले अगाडि भने, ‘एउटा पक्ष यथास्थितिवादी- जसले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रको पक्ष हो ।’ यो पक्षमा नयाँ, पुराना सबै राजनीतिक दल देखिएको उनले बताए ।

तर, संघीयता, गणतन्त्र र धर्म निरपेक्षता असफल भइसकेको २० वर्षको राजनीतिक घटनाक्रमले पुष्टि गरिरहेको थापाले दाबी गरे । ‘यो असफल प्रणालीको विकल्पमा सधैँ धर्मको समानतासहितको सनातन राष्ट्र, राष्ट्रियता र एकताको प्रतीकका रूपमा नैतिक शक्तिका रूपमा अभिभावकीय भूमिकासहितको राजसंस्था, प्रदेश संरचनाको खारेजी र दुई तह प्रभावकारी सरकार एजेन्डा बोकेको परिवर्तनकारी शक्ति अर्को पक्ष छ,’ उनले भने ।

अहिले जनता यथास्थितिमा नभई परिवर्तनको पक्षमा रहेको थापाले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले तीन प्रदेशमा चुनावी सभाको मिति तय गरेको छ । तय भएको मितिअनुसार फागुन १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकी प्रदेशको पोखरामा र १७ गते बागमती प्रदेशको काठमाडौंमा चुनावी सभा हुने भएको छ । यसअघि कांग्रेसले मधेश प्रदेशको जनकपुरधाममा चुनावी सभा आयोजना गरिसकेको छ । अन्य प्रदेशको मिति टुंगिन बाँकी रहेको कांग्रेसले ...
। हिमाली जिल्ला डोल्पामा एक यस्तो वडा छ, जहाँको मतदाता संख्या ४० जना मात्रै छ । शे-फोक्सुन्डो गाउँपालिका-६, को फोतगाउँको कुल मतदाता संख्या ४० रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार सो वडाको कुल जनसंख्या पनि ८५ जना मात्रै छ । हिमाली क्षेत्रको विकट यो गाउँमा रहेका ४० मतदातामध्ये पुरुष २१ र ...
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म-संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । नेपाल बहुजाति, बहुभाषि, बहुधार्मिक समाजको देश भएको बताउँदै कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचेमात्रै राष्ट्र र लोकतन्त्र ...
। धनुषामा सवारी दुर्घटना हुँदा एक जना ट्राफिक प्रहरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका–४, मुरलीचोकमा आज भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो । महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिए । प्रहरीका अनुसार भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ प ०१०४ नम्बरको टिपरले ...
। २१ फागनुमा हुने प्रतिनिधिसभाको निर्वाचन सुरक्षित रुपमा सम्पन्न गराउन प्रधानसेनापति अशोकराज सिग्देलले निर्देशन दिएका छन् । बुटवलस्थित मध्य पश्चिम पृतना र पोखरास्थित पश्चिम पृतना तथा अन्तर्गतका सुरक्षा वेशहरुको निरीक्षण गर्दै प्रधानसेनापति सिग्देलले उक्त निर्देशन दिएका हुन् । आफ्नो जिम्मेवारी क्षेत्र, निर्वाचनलाई सुरक्षित तवरबाट सम्पन्न गर्न उनले निर्देशन दिए ।
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम