। नेपाली कांग्रेसले तीन प्रदेशमा चुनावी सभाको मिति तय गरेको छ । तय भएको मितिअनुसार फागुन १४ गते कर्णाली प्रदेशको सुर्खेतमा, १५ गते गण्डकी प्रदेशको पोखरामा र १७ गते बागमती प्रदेशको काठमाडौंमा चुनावी सभा हुने भएको छ ।
यसअघि कांग्रेसले मधेश प्रदेशको जनकपुरधाममा चुनावी सभा आयोजना गरिसकेको छ । अन्य प्रदेशको मिति टुंगिन बाँकी रहेको कांग्रेसले जनाएको छ ।