। आसन्न निर्वाचनलाई केन्द्रित गर्दै दाङमा ड्रोनको प्रयोगमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार, निर्वाचनको दिनभन्दा ३ दिन अघि (फागुन १८ गते) देखि ड्रोन प्रयोगमा रोक लगाइएको हो ।
कुनै व्यक्ति वा निकायहरुले अनुमति लिई संचालनमा रहेका ड्रोनहरू प्रयोगमा रोक लगाइएको हो ।
‘निर्वाचन भन्दा ३ दिन अगाडि ( मिति २०८२/११/१८ गते) देखि निर्वाचन सम्पन्न नहुँदासम्म ड्रोनको प्रयोगमा रोक लगाइएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।
उक्त सूचना कसैले उल्लंघन गरेको पाइएमा कानुन बमोजिम कडा कारबाही हुने प्रशासन कार्यालयले भनेको छ ।