मुख्य समाचार
ट्रम्पले इरानमाथि हुन सक्ने सम्भावित सैन्य आक्रमणका जोखिमबारे ‘जोइन्ट चिफ अफ स्टाफ’का अध्यक्ष जनरल ड्यान केनले चेतावनी दिएको भन्ने समाचारहरूको कडा खण्डन
ट्रम्पले इरानमाथि हुन सक्ने सम्भावित सैन्य आक्रमणका जोखिमबारे ‘जोइन्ट चिफ अफ स्टाफ’का अध्यक्ष जनरल ड्यान केनले चेतावनी दिएको भन्ने समाचारहरूको कडा खण्डन

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुन सक्ने सम्भावित सैन्य आक्रमणका जोखिमबारे ‘जोइन्ट चिफ अफ स्टाफ’का अध्यक्ष जनरल ड्यान केनले चेतावनी दिएको भन्ने समाचारहरूको कडा खण्डन गरेका छन्।

उनले यस्ता रिपोर्टहरूलाई ‘१०० प्रतिशत गलत’ र ‘भ्रामक’ भएको बताएका छन्।

द वासिङ्टन पोस्ट र एक्सिओस जस्ता सञ्चारमाध्यमका अनुसार जनरल केनले राष्ट्रपति ट्रम्पलाई इरानसँगको युद्ध लामो समयसम्म लम्बिन सक्ने र यसमा अमेरिकी सैनिकहरूको ठूलो क्षति हुन सक्ने भन्दै सतर्क गराएका थिए।

विशेषगरी इजरायल र युक्रेनलाई सहयोग गर्दा अमेरिकी हतियारको भण्डारमा कमी आएको विषय पनि उठाइएको थियो।

ट्रम्पले सामाजिक सञ्जालमार्फत जनरल केन ‘अनिच्छुक योद्धा’ नभई ‘कसरी जित्ने भन्ने मात्र जान्ने’ कमान्डर भएको दाबी गरे।

उनले केनको तर्फबाट इरानसँगको युद्ध सजिलै जित्न सकिने विश्वास रहेको संकेत समेत दिएका छन्।

अमेरिकाले मध्यपूर्वमा ठूलो संख्यामा सैन्य बल तैनाथ गरेको छ। उता इरानले भने वार्ताका लागि तयार रहेको तर अमेरिकाका ‘अत्यधिक मागहरू’ अगाडि नझुक्ने र आफ्नो रक्षा गर्ने अडान राखेको छ।

विशेषज्ञहरूका अनुसार वासिङ्टनको यो आक्रामक रणनीति र आन्तरिक सैन्य सल्लाहबीचको भिन्नताले मध्यपूर्वमा थप अस्थिरता निम्त्याउन सक्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...