मुख्य समाचार
ट्रम्पले इरानमाथि हुन सक्ने सम्भावित सैन्य आक्रमणका जोखिमबारे ‘जोइन्ट चिफ अफ स्टाफ’का अध्यक्ष जनरल ड्यान केनले चेतावनी दिएको भन्ने समाचारहरूको कडा खण्डन
ट्रम्पले इरानमाथि हुन सक्ने सम्भावित सैन्य आक्रमणका जोखिमबारे ‘जोइन्ट चिफ अफ स्टाफ’का अध्यक्ष जनरल ड्यान केनले चेतावनी दिएको भन्ने समाचारहरूको कडा खण्डन

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुन सक्ने सम्भावित सैन्य आक्रमणका जोखिमबारे ‘जोइन्ट चिफ अफ स्टाफ’का अध्यक्ष जनरल ड्यान केनले चेतावनी दिएको भन्ने समाचारहरूको कडा खण्डन गरेका छन्।

उनले यस्ता रिपोर्टहरूलाई ‘१०० प्रतिशत गलत’ र ‘भ्रामक’ भएको बताएका छन्।

द वासिङ्टन पोस्ट र एक्सिओस जस्ता सञ्चारमाध्यमका अनुसार जनरल केनले राष्ट्रपति ट्रम्पलाई इरानसँगको युद्ध लामो समयसम्म लम्बिन सक्ने र यसमा अमेरिकी सैनिकहरूको ठूलो क्षति हुन सक्ने भन्दै सतर्क गराएका थिए।

विशेषगरी इजरायल र युक्रेनलाई सहयोग गर्दा अमेरिकी हतियारको भण्डारमा कमी आएको विषय पनि उठाइएको थियो।

ट्रम्पले सामाजिक सञ्जालमार्फत जनरल केन ‘अनिच्छुक योद्धा’ नभई ‘कसरी जित्ने भन्ने मात्र जान्ने’ कमान्डर भएको दाबी गरे।

उनले केनको तर्फबाट इरानसँगको युद्ध सजिलै जित्न सकिने विश्वास रहेको संकेत समेत दिएका छन्।

अमेरिकाले मध्यपूर्वमा ठूलो संख्यामा सैन्य बल तैनाथ गरेको छ। उता इरानले भने वार्ताका लागि तयार रहेको तर अमेरिकाका ‘अत्यधिक मागहरू’ अगाडि नझुक्ने र आफ्नो रक्षा गर्ने अडान राखेको छ।

विशेषज्ञहरूका अनुसार वासिङ्टनको यो आक्रामक रणनीति र आन्तरिक सैन्य सल्लाहबीचको भिन्नताले मध्यपूर्वमा थप अस्थिरता निम्त्याउन सक्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम