मुख्य समाचार
कुलमान घिसिङले आफूहरू गफ गर्न, फेसबुक चलाएर सेलिब्रटी हुन नभई काम गर्नका लागि राजनीतिमा आएको बताए
कुलमान घिसिङले आफूहरू गफ गर्न, फेसबुक चलाएर सेलिब्रटी हुन नभई काम गर्नका लागि राजनीतिमा आएको बताए

। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफूहरू गफ गर्न, फेसबुक चलाएर सेलिब्रटी हुन नभई काम गर्नका लागि राजनीतिमा आएको बताएका छन् । पाँचथरको फिदिममा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले जेन्जी आन्दोलनपछि नयाँ दलको रुपमा देशको विकासका स्पष्ट योजनासहित चुनावमा होमिएको बताएका हुन् ।

‘जेन्जी आन्दोलनको उद्देश्य र जनताको मागअनुसार हामी स्थापित भएका छौँ,’ उलने भने, ‘हामी भाषणमा होइन काम र परिणाममा विश्वास गर्छौ । हामी देशको सेवक बन्नलाई आएका हौँ । जेन्जी आन्दोलनको बलिदानलाई सम्मान गर्नका लागि भोट मागिरहेका छौँ ।’

यो देशको समृद्धि, सुशासन कायम गर्न र भष्ट्रचारविरुद्ध लडेर देशमा समतामुलक समाज बनाउनका उज्यालो पार्टीलाई समर्थन गर्न पनि उनले आह्वान गरे । लोडसेडिङ अत्यको विशषलाई प्रमुखताका साथ उठाएका उनले समृद्धशाली देश बनाउने रोडम्याप तयार पारिसकेको पनि सुनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा अब विकास निर्माणको युग सुरु भएको दाबी गरेका छन् यस्तो बताएका हुन् । केहीदिनअघि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को अभिव्यक्तिको प्रतिरक्षा गर्दै सभापति लामिछानेले निर्माण व्यवसायी आत्तिन नपर्ने भन्दै टिप्पणी पनि गरेका छन् । ‘निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन् । अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो,’ सभापति लामिछानेले ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै फरक हुने बताएका छन् । आज मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमालेनिकट मुक्ति समाज दोलाका नेता कार्यकर्तालाई प्रवेश गराउँदै उनले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण हुने बताएका हुन् । निर्वाचन आउन केही दिनमात्रै बाँकी रहेको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताएका हुन् । पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताउँदै उनले खाने तेलदेखि मरमसलासम्मका उद्योग ...
। विद्युत् नियमन आयोगले अनुमतिपत्र प्राप्त संस्थालाई संस्थागत सुशासन मापदण्ड जारी गरेको छ । विद्युत क्षेत्रका सङ्गठित संस्थाहरूका लागि समान तथा प्रभावकारी नियमन गर्ने उद्देश्यले ‘अनुमतिपत्र प्राप्त संस्थाको संस्थागत सुशासन मापदण्ड, २०८२’ जारी भएको हो । कम्पनी सम्बन्धी प्रचलित कानुनका सामान्य प्रावधानभन्दा पर गई क्षेत्रविशेषको प्रकृतिअनुसार उत्तरदायित्व, पारदर्शिता, वित्तीय अनुशासन र जोखिम व्यवस्थापनलाई कानुनी रूपमा संस्थागत गर्ने ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम