मुख्य समाचार
अमेरिकामा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु
अमेरिकामा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु

। अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ ।

सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्ने एक व्यक्तिलाई फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीले गोली हानी मारेका हुन् ।

नेपाली भाषाको समाचार पोर्टल खसोखास डट कमले परिवारका सदस्यहरूको हत्यामा संलग्न नेपाली छत्रबहादुर थापा रहेको उल्लेख गरेको छ । खसोखासले थापाका ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार थापा, थापाकी श्रीमती ५१ वर्षीय बिन्दा थापा र छोरी ३१ वर्षीय ममता थापा रहेको उल्लेख गरेको छ ।

प्रहरीका अनुसार, अन्दाजी ५० वर्षका ती व्यक्तिले सोमबार बिहान करिब ५ बजे पर्सिमोन ड्राइभको ३९०० ब्लकमा रहेको आफ्नो अपार्टमेन्टमा आफ्नी छोरी र श्रीमतीलाई खुँडा प्रहार गरेका थिए। उनीहरूको अस्पतालमा मृत्यु भएको छ ।

फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसका अनुसार, प्रहरी घटनास्थलमा पुग्दा ती संदिग्ध व्यक्ति आफ्ना ज्वाइँलाई खुँडा प्रहार गर्दै थिए। हतियार भुइँमा फाल्न पटक-पटक दिइएको आदेश नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए।

‘हाम्रा प्रहरी अधिकारीले गोली चलाउँदा (ज्वाइँको) ज्यान गइरहेको अवस्था थियो,’ डेभिसले सोमबार पत्रकार सम्मेलनमा भने। प्रहरीका अनुसार अधिकारीहरूले तुरुन्तै ती संदिग्धलाई सीपीआर दिएका थिए, तर घटनास्थलमै उनको मृत्यु भएको घोषणा गरियो।

अपार्टमेन्टभित्र एक वर्षको बच्चा पनि रहेको तर उसलाई कुनै चोटपटक नलागेको डेभिसले बताए। ‘ज्वाइँ बाहिर कारबाट हिउँ पन्छाइरहेका थिए, त्यतिबेला अपार्टमेन्टभित्र होहल्ला सुनेपछि उनले ९११ मा फोन गरे र आफ्नो कोठामा फर्किए,’ डेभिसले भने।

नजिकैको भवनमा रहेका अर्का एक व्यक्तिले पनि घरेलु विवादको होहल्ला सुनेर ९११ मा फोन गरेका थिए। संदिग्धका ज्वाइँले ‘आफ्ना ससुराले आफ्नै परिवारलाई निर्ममतापूर्वक काटिरहेको कल्पना नै गर्न नसकिने दृश्य’ देखे।

ती व्यक्तिले आफ्ना ससुराले १० इन्च लामो ‘मासु काट्ने हतियार’ जस्तो देखिने घुमाउरो खुँडाले सासूलाई प्रहार गरिरहेको देखेका थिए, त्यसपछि ससुराले उनीमाथि पनि त्यही खुँडा प्रहार गरेका थिए।

फेयरफ्याक्स काउन्टीमा भएको घातक खुँडा प्रहारमा प्रहरीले १० इन्च लामो मासु काट्ने हतियारजस्तो देखिने घुमाउरो खुँडा प्रयोग भएको बताएको छ।

‘उसले केही होहल्ला सुन्छ र हतार-हतार अपार्टमेन्टमा फर्कन्छ र त्यहाँ श्रीमती र सासूलाई खुँडा प्रहार गरिएको रगत लतपतिएको दृश्यको सामना गर्छ,’ फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसले पत्रकार सम्मेलनमा भने।

घरभित्र रहेको बच्चालाई बाल संरक्षण सेवाको जिम्मा लगाइएको छ। प्रहरीले उक्त घरमा यसअघि घरेलु हिंसा वा प्रहरीलाई बोलाइएको कुनै रेकर्ड नभएको तर त्यसबारे अनुसन्धान गरिने बताएको छ।

‘उनीहरूको जीवनमा के कस्तो अशान्ति वा द्वन्द्व चलिरहेको थियो भन्ने हामीलाई अझै थाहा छैन, तर कसैलाई आफ्नै परिवारको यसरी हत्या गर्न कुन कुराले बाध्य तुल्यायो होला भन्ने म कल्पना पनि गर्न सक्दिनँ,’ प्रमुख डेभिसले भने।

कार्यकारी कमान्ड टोलीले हेरिसकेको बडी-वर्न क्यामेरा (प्रहरीको शरीरमा जडान गरिने क्यामेरा) फुटेजमा अधिकारीले थप मानवीय क्षति रोक्न बल प्रयोग गरेर प्रोटोकलको पालना गरेको देखिएको डेभिसले बताए।

(स्थानीय सञ्चार माध्यमहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली मूलका अस्ट्रेलियन प्रहरी वरिष्ठ कन्स्टेबल बिकास भारतीले अस्ट्रेलियाको प्रतिष्ठित राष्ट्रिय बहादुरी अवार्ड प्राप्त गरेका छन्। उनको अदम्य साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले संघीय संसद्‌को प्रश्नोत्तर समयमामा प्रशंसासमेत गरेका छन्। अस्ट्रेलियाको पुलिस फेडेरेसनले बुधबार क्यानबेरामा आयोजित एक समारोहमा भारतीलाई उक्त सम्मान प्रदान गरेको हो। न्यु साउथ वेल्स (एनएसडब्लु) प्रहरीअन्तर्गत ‘बर्रउड पुलिस ...
। न्युजिल्यान्डमा बसोबास गर्ने नेपाली नागरिक, विशेषगरी विद्यार्थीहरू राहदानी नवीकरण र अन्य कन्सुलर सेवा लिन सास्ती भोग्न बाध्य भएका छन्। त्यहाँ नेपाली दूतावास नहुँदा र राहदानी छपाइमा देखिएको भनिएको प्राविधिक समस्या लम्बिँदा नेपालीहरू ठूलो आर्थिक भार र प्रशासनिक झन्झटमा परेका हुन्। आधारभूत कन्सुलर सेवा लिन अस्ट्रेलिया वा नेपालसम्मै पुग्नुपर्ने अवस्था आएपछि न्युजिल्यान्डस्थित नेपाली समुदायका अगुवाहरूले नेपाल ...
: साउदी अरबमा पछिल्लो सुरक्षा तनाव र हुथी आक्रमणको प्रभावले नेपाल फर्किने र साउदी जाने तयारीमा रहेका नेपाली श्रमिक तथा यात्रु समस्यामा परेका छन्। नियमित उडान गर्दै आएका नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले केही समयका लागि उडान रद्द गरेपछि चाडपर्वको मुखमा स्वदेश फर्किन खोज्ने नेपाली थप अन्योलमा परेका छन्। रियादबाट नेपालका लागि हुने नियमित उडान रद्द ...
: पछिल्लो समय साउदी अरबका विभिन्न क्षेत्रमा भएका ड्रोन तथा क्षेप्यास्त्र आक्रमणका घटनाले यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढाएको छ। एक नेपालीको मृत्यु र अन्य ३ नेपाली घाइते भएको घटनासँगै अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा स्वदेश फर्कने तयारीमा रहेका नेपालीसमेत अन्योलमा परेका छन्। अक्टोबर २१ मा साउदी अरबको पूर्वी क्षेत्रमा रहेको शैबाह तेल क्षेत्रमा ड्रोन अवरोध ...
— साउदी अरबको साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा ड्रोन आक्रमणको अवशेष खस्दा एक नेपाली नागरिकको मृत्यु भएको घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । मन्त्रालयले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ । नेपालले सर्वसाधारण नागरिक र महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरी ...