मुख्य समाचार
नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटमा पहिलो जित हासिल
नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटमा पहिलो जित हासिल

। ललित राजवंशीले दुवै इनिङमा कुल ९ विकेट लिँदै म्याच विनिङ प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले जय ट्रफी क्रिकेटमा पहिलो जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले एपीएफमाथि ९ विकेटको जित हासिल गरेको हो । दोस्रो इनिङमा एपीएफले ११२ रनको अग्रता बनाएपछि पुलिसले ११३ रनको लक्ष्य तेस्रो सत्रमा एक विकेट मात्र गुमाएर पूरा गर्‍यो ।

कुशल भुर्तेलले अविजित ७१ रन बनाए । अमित श्रेष्ठ ३२ रनमा अविजित रहे । सोहेल कुँवर ७ रनमा आउट भए । एपीएफका लागि भुवन कार्कीले एक विकेट लिए ।

त्यसअघि एपीएफले दोस्रो इनिङमा ९२ रनले पछाडि रहेको अवस्थाबाट अलआउट हुँदै २०४ रन बनाएर ११२ रनको अग्रता बनाएको थियो । एपीएफका लागि दीपक बोहराले सर्वाधिक ९४ रन बनाए ।

अमरसिंह राउटेलाले ३१, आसिफ शेखले २१ अनि इर्शाद अहमदले अविजित २० रन बनाए ।

खेलमा एपीएफले नै टस हारेर पहिले ब्याटिङ गर्दै ६३.४ ओभर खेलेर १८५ रनमा अलआउट भएको थियो । सुमित महर्जनले ५५ रन बनाएका थिए । कप्तान रोहित पौडेलले ४५ रन बनाए ।

दीपक बोहराले २८, युवराज खत्रीले १६, आसिफ शेखले १२, सन्दीप जोराले १० रन बनाए ।

पुलिसका ललित राजवंशी र सागर ढकालले ४-४ विकेट लिए । कुशल भुर्तेलले २ विकेट लिए ।

जवाफमा पुलिसले ६९.५ ओभरमा २७७ रन बनाएर इनिङ घोषणा गर्दै ९२ रनको अग्रता बनाएको थियो । पुलिसका लागि पहिलो इनिङमा शंकर रानाले अविजित शतक बनाएका थिए । उनी १०५ रनमा नटआउट रहे ।

पहिलो जित निकालेको पुलिसले फाइनल सम्भावना कायमै राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एलेक्जान्डर इसाकको दुई गोलको मदतले लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा बुधबार क्लब ब्रुगलाई ३–० ले हराएको छ र प्रतियोगिताको अन्तिम १६ को नजिक पुगेको छ । इसाकले १३ र ८२ औं मिनेटमा एक एक गोल गरे भने फ्लोरिन विर्टजले ७९ औं मिनेटमा अर्को गोल थपे । यो जितपछि लिभरपुलको १२ अंक भएको छ र पाँचौं स्थानमा ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टूरअन्तर्गत टोलीको उपाधि ट्रफी सुदूरपश्चिमका नौ जिल्लामा पुर्‍याइनेछ। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौ जिल्लामा पुर्‍याउन लागिएको बताए। यसमार्फत उपाधि जितको खुसी समर्थक र ...
। कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो । एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो । नेपालले भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्ध ...
। १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट, बक्सिङ र जिम्न्यास्टिकका प्रतिस्पर्धा आज देखि सुरु हुँदैछ । महिला क्रिकेट यसअघि नै सुरु भइसकेपनि पुरुष क्रिकेट भने आज बिहीबारदेखि कालुन्चौका क्रिकेट मैदानमा सुरु हुनेछ । जहाँ सुदूरपश्चिम र कर्णाली तथा गण्डकी र नेपाल आर्मी क्लबबीच खेल हुनेछ । १०औं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते तय भएपनि मंसिर ...
। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बुधबार भएको खेलमा दुई गोलको अग्रता बनाएको बागमतीले अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्‍यो। बागमतीका एलिक श्रेष्ठले खेलको ३६औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। तर कोशीले खेलको अन्तिम १५ मिनेटमा दुई ...