मुख्य समाचार
रोजगारीका लागि जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन आग्रह
रोजगारीका लागि जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन आग्रह

। व्यवसायीले वैदेशिक रोजगारीका लागि जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन आग्रह गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलले जापानस्थित नेपाली राजदूतावासलाई मागपत्र प्रमाणीकरण प्रक्रिया सरल र छरितो बनाउन आग्रह गरेको हो ।

दोस्रो जापान–नेपाल रोजगार सम्मेलनमा सहभागी हुन टोकियो पुगेको संघको टोलीले सोमबार कार्यबाहक राजदूत हरिहरकान्त पौडेलसँग भेटवार्ता गर्दै सम्मेलनको तयारीका साथै लामो समयदेखि समाधान नभएको मागपत्र प्रमाणीकरण ढिलाइका कारण, उत्पन्न समस्याबारे छलफल गरेको संघका महासचिव महेशकुमार बस्नेतले जानकारी दिए ।

जापानमा नेपाली कामदारका लागि आकर्षक पारिश्रमिकसहित पर्याप्त रोजगारीका अवसर उपलब्ध भएपनि मागपत्र समयमै प्रमाणीकरण नहुँदा धेरै नेपालीले राम्रो अवसर गुमाइरहेको महासचिव बस्नेतले बताए । यो विषयमा दूतावासको गम्भीर ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

‘हामी समग्र व्यवसायीको तर्फबाट श्रमिकका समस्या साथै व्यवसायीका समस्याबारे ध्यानाकर्षण गराएका छौँ । जसमा मागपत्र प्रमाणीकरणका विषयवस्तु उठाएका छौँ,’ महासचिव बस्नेतले भने, ‘विशेष गरी अनलाइन प्रविधिको प्रयोग गरेर छिटो, छरितो र भरपर्दो तरिकाले मागपत्र प्रमाणीकरण हुनुपर्नेमा यदाकदा समस्या रहेमा पनि त्यसलाई सुधार गरेर लिएर जाने कुरा भयो ।’

जवाफमा कार्यबाहक राजदूत पौडेलले सीमित जनशक्तिका कारण अपेक्षाअनुसार सेवा दिन कठिन भइरहेको बताए ।

उनले विगतमा जापानमा करिब एक हजार नेपाली हुँदा दूतावासमा तीन जनाको दरबन्दी रहेकामा अहिले नेपालीको संख्या तीन लाख नजिक पुगिसक्दा पनि जनशक्ति वृद्धि नभएको उल्लेख गरे । थप जिम्मेवारीका बीच सेवा प्रवाहमा चुनौती आएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्‍याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर हुँदा मुद्रास्फीति नियन्त्रण गर्न थप वृद्धि गर्ने बताएको छ। बजारले अपेक्षा गरे अनुरूप नै बैङ्कले २५ आधार बिन्दुको वृद्धि गरेर १.२५ प्रतिशत पुर्‍याइएको हो । युरोपेली केन्द्रीय बैङ्क र अमेरिकी फेडेरल रिजर्भको हालैको कडा नीतिपछि यो निर्णय ...
संसारको आधाभन्दा बढी जनसङ्ख्याका लागि चामल मुख्य खाना हो । मानिसहरूले खाने चामलमा ८५ प्रतिशतभन्दा बढी स्टार्च हुन्छ । यसमा १० प्रतिशत प्रोटिन र २ प्रतिशत फ्याट हुन्छ । चामलमा भिटामिन र अन्य तत्वहरू पनि हुन्छन् । चामलमा फ्याटको मात्रा कम हुने भएकाले यसमा कम ध्यान दिइएको थियो । तर फ्याटले पोषण, स्वाद र गुणस्तरमा प्रभाव ...
: जापानको आइची प्रिफेक्चर र नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदका लागि चीनले युवा र अनुभवी खेलाडीको मिश्रणसहितको शक्तिशाली टोली निर्माण गरेको छ। चीनले सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने प्रतियोगिताका लागि ८१५ खेलाडी समेटिएको टोली घोषणा गरेको छ। चिनियाँ टोलीका खेलाडीको औसत उमेर २४ वर्ष छ। चीनको समग्र प्रतिनिधिमण्डल एक हजार २७४ ...
। जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन् । जापान प्रहरीका अनुसार हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही सहरमा बस्ने २२ वर्षीय प्रबिन लामा पक्राउ परेका हुन् । जापानको फुकुओकामा १९ अगस्टमा ...
। जापानी प्रधानमन्त्री सानाए ताकाइचीले आफ्नो मन्त्रिमण्डल र सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को कार्यकारी टोलीलाई जतिसक्दो चाँडो फेरबदल गर्ने विचार गरिरहेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार रिपोर्ट गरेका छन् । सोमबार ताकाइचीले टोकियोस्थित आफ्नो कार्यालयमा वरिष्ठ एलडीपी अधिकारीहरूसँग अपेक्षित नेतृत्व फेरबदलअघि पार्टी व्यवस्थापनबारे विचार आदानप्रदान गरेको पार्टी स्रोतलाई उद्धृत गरी क्योदो न्यूजले रिपोर्ट गरेको छ । बैठकमा एलडीपी नीति ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम