मुख्य समाचार
विद्युत् नियमन आयोगले अनुमतिपत्र प्राप्त संस्थालाई संस्थागत सुशासन मापदण्ड जारी
विद्युत् नियमन आयोगले अनुमतिपत्र प्राप्त संस्थालाई संस्थागत सुशासन मापदण्ड जारी

। विद्युत् नियमन आयोगले अनुमतिपत्र प्राप्त संस्थालाई संस्थागत सुशासन मापदण्ड जारी गरेको छ ।

विद्युत क्षेत्रका सङ्गठित संस्थाहरूका लागि समान तथा प्रभावकारी नियमन गर्ने उद्देश्यले ‘अनुमतिपत्र प्राप्त संस्थाको संस्थागत सुशासन मापदण्ड, २०८२’ जारी भएको हो ।

कम्पनी सम्बन्धी प्रचलित कानुनका सामान्य प्रावधानभन्दा पर गई क्षेत्रविशेषको प्रकृतिअनुसार उत्तरदायित्व, पारदर्शिता, वित्तीय अनुशासन र जोखिम व्यवस्थापनलाई कानुनी रूपमा संस्थागत गर्ने प्रयास गरेको आयोगले जनाएको छ ।

यसको प्रभावकारी कार्यान्वयनले विद्युत् क्षेत्रको विश्वसनीयता, लगानीको सुरक्षा तथा दिगोपना हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो मापदण्ड विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त व्यक्ति तथा संस्था (कम्पनी) हरूमा सुशासन, पारदर्शिता, उत्तरदायित्व, वित्तीय अनुशासन, जोखिम व्यवस्थापन तथा नियामकीय अनुपालना सुनिश्चित गर्ने उद्देश्यले जारी गरिएको आयोगले जनाएको छ । यसले कम्पनी सञ्चालन र व्यवस्थापनका लागि न्यूनतम संस्थागत मापदण्ड निर्धारण गरी सेयरधनी, उपभोक्ता, लगानीकर्ता तथा सरोकारवालाको हित संरक्षण गर्ने कानुनी आधार प्रदान गर्नेछ ।

मापदण्डमा संस्थागत सुशासनका आधारभूत सिद्धान्त, साधारण सभा र सञ्चालक समिति सम्बन्धी व्यवस्था, सञ्चालकको कर्तव्य, दायित्व र आचरण, स्वतन्त्र सञ्चालक सम्बन्धी प्रावधान, लेखा, लेखापरीक्षण तथा आन्तरिक नियन्त्रण, जोखिम व्यवस्थापन, गुनासो तथा उत्तरदायित्व संयन्त्र, खरिद तथा कर्मचारी विनियमावली, संस्थागत सामाजिक उत्तरदायित्व र प्रतिवेदन, वातावरणीय अनुपालना लगायतका विषय समेटिएको छ ।

स्वार्थको द्वन्द्व व्यवस्थापन र वित्तीय पारदर्शिताले लगानीकर्ता तथा विशेषतः अल्पमत सेयरधनीको हित सुरक्षित गर्नका लागि समेत मापदण्ड जारी गरिएको आयोगले जनाएको छ ।

त्यस्तै आन्तरिक नियन्त्रण, लेखापरीक्षण र जोखिम व्यवस्थापनको संरचित प्रणालीले वित्तीय विश्वसनीयता अभिवृद्धि गरी दीर्घकालीन परियोजनामा लगानी आकर्षित गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ ।

उत्तराधिकार योजना, आचरण संहिता र संरचित निर्णय प्रक्रियाले संस्थागत स्थायित्व र दीर्घकालीन सञ्चालन क्षमता सुदृढ गर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशभित्र सम्भावना अनुसारकै उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले यस्तो बताएका हुन् । ‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया,’ बालेनले प्रश्न गर्दै भने, ‘खाना खानुभयो ? बिहान खानाका तरकारी कहाँको ...
। सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन २०, २१ र २२ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि निर्वाचन आयोगले पनि प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको थियो ।
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा अब विकास निर्माणको युग सुरु भएको दाबी गरेका छन् यस्तो बताएका हुन् । केहीदिनअघि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को अभिव्यक्तिको प्रतिरक्षा गर्दै सभापति लामिछानेले निर्माण व्यवसायी आत्तिन नपर्ने भन्दै टिप्पणी पनि गरेका छन् । ‘निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन् । अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो,’ सभापति लामिछानेले ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ को निर्वाचनपछि बन्ने सरकारमा पार्टीको भूमिका पहिलेभन्दा झनै फरक हुने बताएका छन् । आज मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमालेनिकट मुक्ति समाज दोलाका नेता कार्यकर्तालाई प्रवेश गराउँदै उनले निर्वाचनपछि बन्ने सरकारमा नेकपाको भूमिका निकै महत्त्वपूर्ण हुने बताएका हुन् । निर्वाचन आउन केही दिनमात्रै बाँकी रहेको ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । मंगलबार सुनसरीको इटहरीमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताएका हुन् । पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताउँदै उनले खाने तेलदेखि मरमसलासम्मका उद्योग ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम