मुख्य समाचार
सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचार खर्च जुटेको बताएकी छन्
सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचार खर्च जुटेको बताएकी छन्

। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचार खर्च जुटेको बताएकी छन् । साम्बाले मंगलबार सामाजिक सञ्जालमार्फत उपचारका लागि आवश्यक खर्च प्राप्त भइसकेको उल्लेख गरेकी छन् ।

साम्बाले नेपाली खातामा एक करोडभन्दा बढी र विदेशी प्लाटफर्ममा ४५ लाख नेपाली रुपैयाँ जम्मा भएको बताइन् । उक्त रकम कतारमा उपचारका लागि र त्यसको दौरानमा लाग्ने आवास र यातायातमा पनि पुग्ने भएकाले अब सहयोग नगर्न उनले आग्रह गरेकी छन् ।

साम्बाले आफ्नो उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै आर्थिक सहयोग गर्न सोमबार सामाजिक सञ्जालमार्फत अपिल गरेकी थिइन् ।

साम्बाको घुँडाको एसीएलमा यसअघि शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट भएकाले पुन: जटिल शल्यक्रिया गर्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एलेक्जान्डर इसाकको दुई गोलको मदतले लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा बुधबार क्लब ब्रुगलाई ३–० ले हराएको छ र प्रतियोगिताको अन्तिम १६ को नजिक पुगेको छ । इसाकले १३ र ८२ औं मिनेटमा एक एक गोल गरे भने फ्लोरिन विर्टजले ७९ औं मिनेटमा अर्को गोल थपे । यो जितपछि लिभरपुलको १२ अंक भएको छ र पाँचौं स्थानमा ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको सुदूरपश्चिम रोयल्सले आफ्नो ट्रफी टूर कार्यक्रम सार्वजनिक गरेको छ। मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टूरअन्तर्गत टोलीको उपाधि ट्रफी सुदूरपश्चिमका नौ जिल्लामा पुर्‍याइनेछ। सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाहले समर्थकसँग गरेको वाचाअनुसार ट्रफीलाई प्रदेशका नौ जिल्लामा पुर्‍याउन लागिएको बताए। यसमार्फत उपाधि जितको खुसी समर्थक र ...
। कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा सहभागी भई नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । नेपाली टोली बुधबार राति स्वदेश आइपुगेको हो । एसिया कप राइजिङ स्टार्समा नेपालले तीन खेल खेलेको थियो । तीन खेलमध्ये नेपालले दुईमा पराजय र एक खेलमा जित निकालेको थियो । नेपालले भारत ‘ए’ र पाकिस्तान ‘ए’ विरुद्ध ...
। १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट, बक्सिङ र जिम्न्यास्टिकका प्रतिस्पर्धा आज देखि सुरु हुँदैछ । महिला क्रिकेट यसअघि नै सुरु भइसकेपनि पुरुष क्रिकेट भने आज बिहीबारदेखि कालुन्चौका क्रिकेट मैदानमा सुरु हुनेछ । जहाँ सुदूरपश्चिम र कर्णाली तथा गण्डकी र नेपाल आर्मी क्लबबीच खेल हुनेछ । १०औं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन मंसिर १६ गते तय भएपनि मंसिर ...
। १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेश र बागमती प्रदेशले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। बुधबार भएको खेलमा दुई गोलको अग्रता बनाएको बागमतीले अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउनुपर्‍यो। बागमतीका एलिक श्रेष्ठले खेलको ३६औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए। तर कोशीले खेलको अन्तिम १५ मिनेटमा दुई ...