मुख्य समाचार
अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमपातका कारण जनजीवन कष्टकर
अमेरिकाको पूर्वी क्षेत्रमा शक्तिशाली हिमपातका कारण जनजीवन कष्टकर

:अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। यसका साथै अमेरिकाभित्र र बाहिर हुने पाँच हजार ६ सयभन्दा बढी उडान रद्द भएका छन । जसका कारण लाखौँ मानिस प्रभावित भएका छन्।

विशेष गरी आइल्यान्ड र म्यासाचुसेट्सका केही भागमा ३३ इन्चसम्म हिउँ जमेको छ। यसले रोड आइल्याण्डको इतिहासकै सबैभन्दा ठूलो हिमपातको रेकर्ड बनाएको छ र सन् १९७८ को पुरानो रेकर्डलाई तोडेको छ। सबैभन्दा बढी हिमपात वार्विक, रोड आइल्याण्डमा ३६.२ इन्च (९२ सेमी) पुगेको छ।
भीषण आँधी र हिउँका कारण न्युजर्सी र म्यासाचुसेट्ससहित पूर्वी तटीय राज्यका ६ लाखभन्दा बढी घर र व्यवसायमा विद्युत आपूर्ति बन्द भएको छ। म्यासाचुसेट्सकी गभर्नर मौरा हेलीले दक्षिण–पूर्वी क्षेत्रमा अत्यावश्यक बाहेकका सबै यात्रामा रोक लगाउन र सुरक्षित रहन सबैलाई अनुरोध गरेकी छिन्।

न्युयोर्कको ला गार्डिया विमानस्थलबाट हुने ९८ प्रतिशत र जेएफके विमानस्थलबाट हुने ९१ प्रतिशत उडान रद्द भएका छन्। बाक्लो हिउँ र तीव्र हावाका कारण सडकमा सवारी साधन चलाउन रोक लगाइएको छ, यद्यपि केही क्षेत्रमा प्रतिबन्ध खुकुलो बनाइएको छ।

उत्तर क्यारोलिनादेखि मेन राज्यसम्म चेतावनी जारी गरिएको छ। मौसमविद्हरूका अनुसार हिमपात मंगलबार बिहानसम्म जारी रहनेछ र केही तटीय क्षेत्रमा थप १ देखि २ फिट हिउँ जम्न सक्ने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...