मुख्य समाचार
आइसीसी टी २० विश्वकप २०२६ मा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश
आइसीसी टी २० विश्वकप २०२६ मा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश

: आइसीसी टी २० विश्वकप २०२६ मा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ। श्रीलङ्काको पालेकेले स्टेडियममा भएको सुपर ८ अन्तर्गतको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई हराउँदै जारी विश्वकपमा सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको हो।



टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। पाकिस्तानले दिएको १६५ रनको विजयी लक्ष्य पछाएको इङ्ल्यान्डले १९.१ ओभरमा ८ विकेट गुमाउँदै १६६ रनसहित लक्ष्य पूरा गरेको हो।


इङ्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रोकले शतकीय पारी खेले। उनले ५१ बलमा १० चौका र चार छक्का सहित १०० रन बनाएका हुन्। ओपनरद्वय फिल साल्ट र जोश बट्लर सस्तैमा पेभेलियन फर्किदा ह्यारी ब्रुकको शतकीय पारीले इङ्ल्यान्डको जिततर्फ उन्मुख गरेको हो। साम करनले १६ र विल ज्याक्सले २८ रन बनाए। लियम डुवासन १ रन र जोफ्रा आर्चर ५ रनमा अविजित रहे।


पाकिस्तानका लागि बलिङ तर्फ शाहिंन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट लिए मोहम्मद नवाज र उस्मान तारिकले समान २-२ विकेट लिए। त्यसअघि पहिलो इनिङमा ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर ब्याटर साहिबजादा फरानले सर्वाधिक ६३ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर सैम अयुब ७ र वान डाउन आएका कप्तान सलमान अघा ५ रनमा डगआउट फर्किए। बाबर आजमले २४ बलमा दुई चौका सहित २५ रन बनाए। फखर जमानले पनि समान २५ रन बनाए। सदाब खानले २३ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

इङ्ल्यान्डको बलिङतर्फ लियम डुवासनले सर्वाधिक ३ विकेट लिए। जोफ्रा आर्चर र जेमी ओभरटनले समान २-२ विकेट लिए। आदिल रसिदले १ विकेट लिए।

यससँगै पाकिस्तानले सेमिफाइनल खेल्ने सम्भावना निकै कम बाँकी रहेको छ। पहिलो खेल वर्षाका कारण अवरुद्ध हुँदा पाकिस्तानले दुई खेलबाट एक अंक मात्रै जोड्न सफल भएको हो। इङ्ल्यान्डले भने पहिलो खेलमा श्रीलङ्कालाई ५१ रनले पराजित गरेको थियो। लगातार दुई खेल जित्दै इङ्ल्यान्ड ४ अङ्क जोड्दै सेमिफाइनल पुगेको हो।

आज सुपर ८ अन्तर्गत एक खेल रहेको छ । जसमा सहआयोजक श्रीलंकाले न्युजिल्यान्डसँग खेल्नेछ। यो खेल नेपाली समयअनुसार साँझ ७:१५ मा सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इंग्ल्यान्डका अनुभवी पेस बलर मार्क वुडले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ३६ वर्षीय वुडले चोटका कारण टेस्ट र एकदिवसीय क्रिकेट खेल्न सम्भव नभएको चिकित्सकीय सुझावपछि आफ्नो ११ वर्ष लामो अन्तर्राष्ट्रिय करिअर टुंग्याउने निर्णय गरेका हुन् । सन् २०१५ मा न्युजिल्यान्डविरुद्ध लर्ड्समा टेस्ट डेब्यु गरेका वुडले ३८ टेस्टमा ११९ विकेट लिएका छन् । उनले ...
। २०औं एसियन गेम्सअन्तर्गत महिला भलिबलमा नेपाल १२औं स्थानमा रहँदै यात्रा टुंग्याएको छ । जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको ११औं स्थानको खेलमा नेपाल मंगोलियासँग ३–० को सोझो सेटमा पराजित हुँदा १२औं स्थानमा रह्यो । मंगोलियाले पहिलो खेल २५–२३, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१३ ले आफ्नो पक्षमा पार्‍यो । ५ खेलमा नेपालले एक खेलमा ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालका चन्द्रबहादुर थापा पहिलो खेलबाटै बाहिरिएका छन् । जापानको निशिओ जिम्नेसियममा भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर भारतका मन्देङबाम जदुमानी सिंहसँग पराजित हुन पुगे । सिंहले ५ अंक जोड्दा चन्द्रबहादुरले एक अंक पनि जोड्न सकेनन् । पदकको आस गरिएका चन्द्रबहादुर नै पहिलो खेलबाट बाहिरिएपछि नेपालले पदक जित्ने सम्भावना कमजोर बन्दै ...
। दक्षिण अफ्रिकाका बायाँहाते ब्याटर कोलिन इन्ग्रामले व्यावसायिक क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । ४१ वर्षीय इन्ग्रामले खेल जीवन टुंग्याउँदै अब प्रशिक्षकको भूमिकामा प्रवेश गर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गर्दै इन्ग्रामले आफू क्रिकेटबाट पूर्ण रूपमा टाढा नहुने उल्लेख गरेका छन् । ‘मेरो खेलाडी जीवनको अध्याय पूरा भयो, अब प्रशिक्षकका रूपमा खेलाडीलाई प्रेरित ...
। २०औं एसियन गेम्सअन्तर्गत बक्सिङमा नेपालकी रमिशा श्रेष्ठ पहिलो चरणबाटै बाहिरिएकी छन् । जापानको निशिओ जिम्नेसियममा मंगलबार भएको बक्सिङतर्फ महिला ५१ केजी तौल समूहको पहिलो राउन्डमा नै रमिशा पराजित भएकी हुन् । उनलाई भियतनामकी ताम न्गुएन थी ५–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरिन् । आजै नेपालका चन्दबहादुर थापाले पुरुष ५५ केजी तौल समूहमा भारतका मन्देङबाम जदुमानी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम