मुख्य समाचार
ब्राजिलको मिनास गेराइस राज्यमा परेको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु
ब्राजिलको मिनास गेराइस राज्यमा परेको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु

: दक्षिण-पूर्वी ब्राजिलको मिनास गेराइस राज्यमा परेको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ।



अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार गत सोमबारदेखि सुरु भएको वर्षाले विशेषगरी जुइज डे फोरा नगरपालिकामा ठूलो क्षति पुर्‍याएको हो, जहाँ १८ जनाको ज्यान गएको पुष्टि भएको छ। मंगलबारदेखि उद्धारकर्मीहरू तालिमप्राप्त कुकुरहरूसहित भग्नावशेषमा पुरिएका मानिसकहरुको खोजी कार्यमा जुटेका छन्।


अधिकारीहरूका अनुसार वर्षा सुरु भएदेखि हालसम्म ४० भन्दा बढी मानिस बेपत्ता भएका छन्। उद्धार टोलीले हिलो र भग्नावशेषमुनि दबिएकाहरूको खोजी कार्य जारी राखेको छ।



जुइज डे फोराका मेयर मार्गरिडा सालोमाओका अनुसार उक्त क्षेत्रमा कम्तीमा २० वटा ठूला पहिरो गएका छन् भने कैयौँ घरहरू ध्वस्त भएका छन्। बाढीका कारण उक्त सहरबाट कम्तीमा ४४० जना विस्थापित भएका छन्। जुइज डे फोरा नजिकैको उबा सहरमा पनि ७ जनाको मृत्यु भएको छ।

विशेषगरि वर्ष र पहिरो मानिसहरू राति घरभित्र सुतिरहेका बेला आएको थियो।

मेयर सालोमाओले यस वर्षको फेब्रुअरी महिना इतिहासकै सबैभन्दा बढी पानी परेको बताएका छन्। उनका अनुसार मात्र चार घण्टामा १८० मिलिमिटरभन्दा बढी भीषण वर्षा भएको छ। यो आफ्नो प्रशासनको सबैभन्दा दुखद दिन रहेको उनले सामाजिक सञ्जालमा लेखेका छन्।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रभावित क्षेत्रमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले विस्थापितहरूको पुनःस्थापना, आधारभूत सेवाको पुनर्बहाली र मानवीय सहायतालाई प्राथमिकतामा राखेको बताए।

हाल मिनास गेराइसको दमकल विभागबाट जुइज डे फोरामा १०८ र उबामा २८ जना अधिकारीहरू उद्धारका लागि खटिएका छन्। आगामी केही दिनसम्म वर्षा जारी रहने मौसम पूर्वानुमान गरिएकाले उद्धार कार्यमा थप चुनौती थपिने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम