मुख्य समाचार
रवि लामिछानेलाई जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छना नलाउन चेतावनी
रवि लामिछानेलाई जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छना नलाउन चेतावनी

: निवर्तमान सभामुख देवराज घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छना नलाउन चेतावनी दिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै उनले घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समयसम्म नटिक्ने बताएका हुन्।


उनले आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ? भन्दै लामिछानेले प्रश्न गरे। ‘रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु। तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु- "आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ ?" तर म आक्षेप र आफू माथि देखिन अरूलाई अपराधी देख्ने प्रवृत्तिको पक्षमा छैन। आफूमाथि प्रतिशोध भएको भन्दै जनतालाई भावनामा बहकाउँदै अरूविरूद्ध अफवाह, घृणा र लान्छाना नलाउन अपिल गर्दछु।’

उनले माइक काट्ने/काटिने विषय सभामुखको व्यक्तिगत विचारले नभई संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिने उनको स्पष्टोक्ति छ।

उनले झापा क्षेत्र नम्बर २ मा एउटै कार्यकालका सभामुख, उपसभामुख र प्रतिनिधि सभा सदस्य नै उम्मेदवार रहेकाले मैले प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै गरिसकेको स्मरण गराए। बिर्तामोडमा आज रवि लामिछानेजीले 'जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख' भनेर आफूविरूद्ध घृणा फैलाउने काम गरेको भन्दै घिमिरेले विज्ञप्तिमार्फत आपत्ति जनाएका हुन्। उनले माइक काट्ने/काटिने विषय सभामुखको व्यक्तिगत विचारले नभई संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिने उनको स्पष्टोक्ति छ।

‘बिर्तामोडमा आज रवि लामिछानेजीले 'जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख' भनेर म विरूद्ध घृणा फैलाउने काम गर्नुभएछ। लोकतान्त्रिक अभ्यासमा, उम्मेदवार वा दलले आफ्नो कार्यक्रम, योजना र जनताका लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्दछन्। घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समयसम्म टिक्दैन।’ उनले भनेका छन्, ‘जहाँसम्म संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ। तर, संसदीय अभ्यास अनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण हुन्छ। माइक काट्ने/काटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिएको हुन्छ।’

निवर्तमान सभामुख घिमिरेले आफूले मात्र नभई उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको उल्लेख गरे।

विज्ञप्तिमा भनिएको छ, ‘संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा नबुझ्ने भन्ने हुँदैन। उहाँ संसदको अभ्यास गरेर आउनुभएको व्यक्ति हो। संसदको वेबसाइटमा गएर हेर्न सकिन्छ- मैलेमात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ। अझ बढी काटिएको हुनुपर्दछ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री सुशीला कार्कीले समाजका प्रत्येक सदस्यलाई विकासको मूल प्रवाहमा समाहित हुन पाउने वातावरण सिर्जना गर्नु सबैको दायित्व भएको बताएकी छन्। मंगलबार ललितपुरमा समाज कल्याण परिषद्को डिजिटल सेवा प्रवाह प्रणाली शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले समाजका प्रत्येक सदस्य विकासको मूल प्रवाहमा समाहित हुन पाउने वातावरण सिर्जना गर्नु राज्य र नागरिक संघ-संस्था सबैको साझा दायित्व भएको बताइन्। ...
: सरकारले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउने भएको छ। गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि चारवटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुनेगरी थप जगेडा फोर्स बढाउने निर्णय गरेको हो। बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितको बचत १०० दिनभित्र फिर्ता गर्ने बताएका छन्। सुनसरीको इटहरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा नेतृत्वको सरकारले सहकारी पीडितका साना बचतहरू १०० दिनभित्रै फिर्ता गर्ने आश्वासन दिएका हुन्। उनले अघिल्ला सरकारहरुले आफूलाई थुन्नेबाहेक अरु काम नगरेको आरोप लगाए। 'यसअघिका सरकारहरूले रविलाई थुन्न बाहेक कसैले ...
: गुल्मीको मालिका गाउँपालिकाले फागुन १५ गते अर्थात् मगर दिवसको दिन स्थानीय बिदा दिने भएको छ। मंगलबार गाउँपालिकाले सूचना जारी गर्दै ४४ औं राष्ट्रिय मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको जनाएको छ। फागुन १२ गते प्रमुख प्रशासकीय अधिकृत विवेक खनालद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण वडा कार्यालयहरु, शिक्षण संस्थाहरू, स्वास्थ्य संस्था लगायतका निकायमा स्थानीय बिदा ...
: हरेक घरलाई पाँच वर्षमा एक हजार कित्ता विद्युत सेयरको सुनिश्चित गर्ने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बताएका छन्। चुनावी अभियानका लागि सङ्खुवासभाको चैनपुर आएका अध्यक्ष घिसिङले मंगलबार पत्रकारसँगको कुराकानीमा १०६३ मेघावाटको माथिल्लो अरुण सहित १५ जलविद्युत आयोजनामा जनताको सेयर सुनिश्चित गरिने आश्वासन दिएका हुन्। सङ्खुवासभा हाइड्रो पावरको हव भएको भन्दै सङ्खुवासभाको समृद्धिसँगै देशैकै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम