मुख्य समाचार
बेलायतका भूतपूर्व मन्त्री लर्ड पिटर म्यान्डेलसन पक्राउ परेको केही घण्टामै जमानतमा रिहा
बेलायतका भूतपूर्व मन्त्री लर्ड पिटर म्यान्डेलसन पक्राउ परेको केही घण्टामै जमानतमा रिहा

: बेलायतका भूतपूर्व मन्त्री लर्ड पिटर म्यान्डेलसन पक्राउ परेको केही घण्टामै जमानतमा रिहा भएका छन्। उनलाई सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरेको आरोपमा सोमबार लन्डनस्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मन्त्री पदमा रहँदा उनले यौन दुराचारमा दोषी ठहरिएका अमेरिकी व्यवसायी जेफ्री एप्स्टिनलाई सरकारका संवेदनशील र बजारलाई प्रभाव पार्ने खालका जानकारीहरू दिएको आरोप छ। सन् २००९ का केही इमेलहरूमा उनले तत्कालीन प्रधानमन्त्रीका सल्लाहकारले तयार पारेका 'सम्पत्ति बिक्री' सम्बन्धी नीतिगत योजनाहरू एप्स्टिनलाई पठाएको देखिएको छ।


प्रधानमन्त्री सर कियर स्टारमरले राजदूत नियुक्ति प्रक्रियाका क्रममा म्यान्डेलसनले आफ्नो र एप्स्टिनको सम्बन्धबारे ढाँटेको दाबी गरेका छन्।

फेब्रुअरी २०२५ मा अमेरिकाका लागि बेलायती राजदूत नियुक्त भएका म्यान्डेलसनलाई एप्स्टिनसँगको सम्बन्ध बाहिरिएपछि सेप्टेम्बरमा बर्खास्त गरिएको थियो।

अमेरिकी न्याय मन्त्रालयले इमेलहरू सार्वजनिक गरेपछि यसै महिना उनीमाथि औपचारिक अनुसन्धान सुरु भएको हो। उनले आफूले कुनै आपराधिक काम नगरेको र आर्थिक लाभ लिने उद्देश्य नरहेको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...