: हरेक घरलाई पाँच वर्षमा एक हजार कित्ता विद्युत सेयरको सुनिश्चित गर्ने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बताएका छन्।
चुनावी अभियानका लागि सङ्खुवासभाको चैनपुर आएका अध्यक्ष घिसिङले मंगलबार पत्रकारसँगको कुराकानीमा १०६३ मेघावाटको माथिल्लो अरुण सहित १५ जलविद्युत आयोजनामा जनताको सेयर सुनिश्चित गरिने आश्वासन दिएका हुन्।
सङ्खुवासभा हाइड्रो पावरको हव भएको भन्दै सङ्खुवासभाको समृद्धिसँगै देशैकै समृद्धिमा टेवा पुग्ने बताए। पूर्वमन्त्री समेत रहेका अध्यक्ष घिसिङ भने, ‘उज्यालो नेपाल पार्टीको नेतृत्वले कामको परिणाम दिएकाले यस पार्टीलाई जनताले चुनावमा जिताउने बताए। मैले देशलाई लोडसेडिङ मुक्त बनाउने काम गरेको कारण मेरो नेतृत्वको पार्टीले राम्रो परिणामसहित चुनावमा जित्ने बताएका छन्। मेरै नेतृत्वमा ऊर्जा क्षेत्रमा क्रान्ति भएको बारे जनतामा प्रस्ट छन्,’ उनले भने।
सोमबार चैनपुरमा भएको राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार घनश्याम वालिङ राईको चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष घिसिङ सङ्खुवासभा आएका थिए। उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी बीच एकता भए पनि उज्यालो पार्टीले समानुपातिक उम्मेदवार उठाएको छ।