मुख्य समाचार
मेक्सिकोका कुख्यात लागुऔषध तस्कर तथा सीजेएनजीका नेता नेमेसियो ओगुएरा सर्भान्टेस ‘एल मेन्चो’को सुरक्षा कारबाहीमा मृत्यु भएपछि देशका कम्तीमा २० राज्यमा हिंसा
मेक्सिकोका कुख्यात लागुऔषध तस्कर तथा सीजेएनजीका नेता नेमेसियो ओगुएरा सर्भान्टेस ‘एल मेन्चो’को सुरक्षा कारबाहीमा मृत्यु भएपछि देशका कम्तीमा २० राज्यमा हिंसा

: मेक्सिकोका कुख्यात लागुऔषध तस्कर तथा सीजेएनजीका नेता नेमेसियो ओगुएरा सर्भान्टेस ‘एल मेन्चो’को सुरक्षा कारबाहीमा मृत्यु भएपछि देशका कम्तीमा २० राज्यमा हिंसा भड्किएको छ। अवस्था नियन्त्रणमा लिन सरकारद्वारा हजारौं सैनिक परिचालन गरिएको छ।



मेक्सिकोका रक्षामन्त्री Ricardo Trevilla ले सोमबार पश्चिमी क्षेत्रमा थप २ हजार ५०० सेना पठाइएको जानकारी दिएका छन्। सरकारी विवरणअनुसार आइतबारदेखि हालसम्म करिब ९ हजार ५०० सैनिक विभिन्न प्रभावित क्षेत्रमा तैनाथ गरिएका छन्।


‘एल मेन्चो’ भनेर चिनिने सर्भान्टेसलाई आइतबार Jalisco राज्यमा मेक्सिकन विशेष बलले पक्राउ गरेको थियो। पक्राउपश्चात् भएको सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको बताइएको छ। त्यसलगत्तै विभिन्न राज्यमा अशान्ति फैलिएको हो।



सीजेएनजी मेक्सिकोका सबैभन्दा खतरनाक आपराधिक संगठनमध्ये एक मानिन्छ। एल मेन्चो देशकै ‘मोस्ट वान्टेड’ अपराधी सूचीमा थिए। सुरक्षा विश्लेषकहरूका अनुसार उनको मृत्युपछि कार्टेल समर्थक समूहहरूले सडकमा आगजनी, सवारी साधन जलाउने र अवरोध सिर्जना गर्ने गतिविधि तीव्र बनाएका छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा समुद्री तटीय पर्यटकीय गन्तव्य Puerto Vallarta सहित विभिन्न शहरमा जलेका सवारी साधन र आकाशमा उडिरहेको बाक्लो धुवाँ देखिएको छ।

स्थानीय बासिन्दा तथा पर्यटकहरूले यो अवस्थालाई 'हृदयविदारक' र 'अकल्पनीय' भन्दै चिन्ता व्यक्त गरेका छन्। चार वर्षदेखि अमेरिकाको न्याशभिलमा बस्दै आएका जेरी जोन्सले यस्तो अवस्था आफूले यसअघि कहिल्यै नदेखेको बताएका छन्।

सरकारले सर्वसाधारणलाई सतर्क रहन र अनावश्यक रूपमा घर बाहिर ननिस्कन आग्रह गरेको छ। सुरक्षा निकायहरूले प्रभावित क्षेत्रमा निगरानी बढाउँदै थप कारबाही जारी राखेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
: सर्बियामा लामो समयदेखि सत्तामा रहेका राष्ट्रपति अलेक्जान्डर भुचिचको दलले संसदीय निर्वाचनमा हार स्वीकार गरेको छ । सिएनएनका अनुसार भ्रष्टाचार र लोकतन्त्र कमजोर बनाएको आरोप लगाउँदै दुई वर्षदेखि आन्दोलनरत विद्यार्थी समर्थित विपक्षी समूहले निर्वाचनमा जित हासिल गरेको हो । आइतबार सम्पन्न निर्वाचनपछि भुचिचले विद्यार्थी समर्थित ‘स्टुडेन्ट्स लिस्ट’ले जित हासिल गरेको स्वीकार गरेका छन्। उनका अनुसार उक्त ...
: ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। ब्राजिलको निर्वाचन कार्यालयका अनुसार ८० वर्षीय लुलाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका प्रतिद्वन्द्वी, पूर्व राष्ट्रपति जाइर बोल्सोनारोका ४५ वर्षीय छोरा तथा सिनेटर फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरे। यस जितसँगै लुलाले सन् २०२७ देखि ...
: फ्रान्सको निस सहरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूमाथि अतिदक्षिणपन्थी समूहका सदस्यहरूले आक्रमण गरेका छन् । घटनामा पाँच जना घाइते भएका छन् भने ६३ जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । सीएनएनको सहयोगी सञ्चारमाध्यम बीएफएमटीभीका अनुसार प्रदर्शनमा सहभागीमाथि अतिदक्षिणपन्थी समूहका दर्जनौँ सदस्यले आक्रमण गरेका थिए । निसका मेयर एरिक सिओत्तीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको आक्रमणको कडा निन्दा गरेका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम