मुख्य समाचार
समाजका प्रत्येक सदस्यलाई विकासको मूल प्रवाहमा समाहित हुन पाउने वातावरण सिर्जना गर्नु सबैको दायित्व भएको
समाजका प्रत्येक सदस्यलाई विकासको मूल प्रवाहमा समाहित हुन पाउने वातावरण सिर्जना गर्नु सबैको दायित्व भएको

: प्रधानमन्त्री सुशीला कार्कीले समाजका प्रत्येक सदस्यलाई विकासको मूल प्रवाहमा समाहित हुन पाउने वातावरण सिर्जना गर्नु सबैको दायित्व भएको बताएकी छन्।

मंगलबार ललितपुरमा समाज कल्याण परिषद्को डिजिटल सेवा प्रवाह प्रणाली शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले समाजका प्रत्येक सदस्य विकासको मूल प्रवाहमा समाहित हुन पाउने वातावरण सिर्जना गर्नु राज्य र नागरिक संघ-संस्था सबैको साझा दायित्व भएको बताइन्। उनले स्रोतसाधनमा पहुँच भएका वर्गले वञ्चित र पिछडिएका समुदायका लागि जिम्मेवारीपूर्वक योगदान दिनुपर्छ भन्ने आधुनिक सामाजिक उत्तरदायित्वको मान्यता विकास भएको बताइन्।


अझै मानव कल्याण मात्र नभई सबै प्राणीको अस्तित्व र धर्तीकै कल्याणका निम्ति काम गर्नुपर्ने समय आएको उनको भनाइ छ। प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय विकास साझेदारहरूले नेपालको राष्ट्रिय प्राथमिकता र नेपाली जनताको वास्तविक आवश्यकताअनुसार स्रोतसाधन परिचालन गर्नेमा आफू विश्वस्त रहेको बताइन्। उनले डिजिटल सेवा प्रवाह प्रणालीले परिषद्का कामकारबाहीलाई छिटोछरितो, पारदर्शी र अनुमानयोग्य बनाउने र र विकास सहायता देशको लक्ष्य, प्राथमिकता तथा आवश्यकताअनुरूप परिचालित भए/नभएको अनुगमन गर्न सहज हुने बताइन्।



त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले डिजिटल सेवा प्रणाली प्रभावमार्फत हुने एकीकृत क्षेत्रगत तथ्यांकले राष्ट्रिय नीति निर्माणमा ठूलो सहयोग पुर्‍याउने बताइन्। प्रदेशहरूमा स्रोत र परियोजनाको सन्तुलन मिलाउन र संघीयताको मर्म बमोजिम स्थानीय तहहरूमा हुने परियोजनाको दोहोरो पन हटाउन यसले मार्गनिर्देशन गर्ने उनले जानकारी दिइन्। मन्त्री श्रेष्ठले समाज कल्याण परिषद्को पुनसंरचना गरी यसलाई परम्परागत प्रशासनिक नियन्त्रणबाट मुक्त, स्वायत्त र गतिशील बनाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई केन्द्रित गरेर सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउने भएको छ। गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि चारवटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुनेगरी थप जगेडा फोर्स बढाउने निर्णय गरेको हो। बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा ...
: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी पीडितको बचत १०० दिनभित्र फिर्ता गर्ने बताएका छन्। सुनसरीको इटहरीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपा नेतृत्वको सरकारले सहकारी पीडितका साना बचतहरू १०० दिनभित्रै फिर्ता गर्ने आश्वासन दिएका हुन्। उनले अघिल्ला सरकारहरुले आफूलाई थुन्नेबाहेक अरु काम नगरेको आरोप लगाए। 'यसअघिका सरकारहरूले रविलाई थुन्न बाहेक कसैले ...
: गुल्मीको मालिका गाउँपालिकाले फागुन १५ गते अर्थात् मगर दिवसको दिन स्थानीय बिदा दिने भएको छ। मंगलबार गाउँपालिकाले सूचना जारी गर्दै ४४ औं राष्ट्रिय मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको जनाएको छ। फागुन १२ गते प्रमुख प्रशासकीय अधिकृत विवेक खनालद्वारा हस्ताक्षरित सूचनामा गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण वडा कार्यालयहरु, शिक्षण संस्थाहरू, स्वास्थ्य संस्था लगायतका निकायमा स्थानीय बिदा ...
: हरेक घरलाई पाँच वर्षमा एक हजार कित्ता विद्युत सेयरको सुनिश्चित गर्ने उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बताएका छन्। चुनावी अभियानका लागि सङ्खुवासभाको चैनपुर आएका अध्यक्ष घिसिङले मंगलबार पत्रकारसँगको कुराकानीमा १०६३ मेघावाटको माथिल्लो अरुण सहित १५ जलविद्युत आयोजनामा जनताको सेयर सुनिश्चित गरिने आश्वासन दिएका हुन्। सङ्खुवासभा हाइड्रो पावरको हव भएको भन्दै सङ्खुवासभाको समृद्धिसँगै देशैकै ...
: प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएकी छन्। प्रधानमन्त्री कार्कीले मंगलबार बालुवाटारमा सबै सुरक्षा प्रमुखहरूलाई बोलाएर जानकारी लिएकी हुन्। गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम