मुख्य समाचार
एल मेन्चोविरूद्धको अपरेशन र त्यसपछि भड्किएको हिंसामा कम्तिमा ७४ जनाको मृत्यु
एल मेन्चोविरूद्धको अपरेशन र त्यसपछि भड्किएको हिंसामा कम्तिमा ७४ जनाको मृत्यु

— लागूऔषध कारोबारी नेमेसियो ओसेगुएरा ‘एल मेन्चो’ सैन्य कारबाहीमा मारिएपछि मेक्सिकोमा उनका समर्थकहरुले हिंसात्मक प्रदर्शन तथा तोडफोड गरेका छन् । सोमबार सेनाको विशेष अपरेशनका क्रममा ५९ वर्षीय एल मेन्चो मारिएका थिए ।

मेक्सिकोका सुरक्षा मन्त्री ओमर गार्सिया हार्फुचले सोमबार मेन्चोविरूद्धको अपरेशन र त्यसपछि भड्किएको हिंसात्मक प्रदर्शनमा २५ जना राष्ट्रिय गार्डसहित ७४ जनाको मृत्यु भएको बताए ।

परिस्थितीलाई नियन्त्रणमा लिन सरकारले ३२ मध्ये २० राज्यमा सेना परिचालन भएको छ । पश्चिमी राज्य जालिस्कोस्थित ग्वाडालजारा शहरनजिक तापाल्पामा आइतबार भएको कारबाहीमा एल मेन्चो मारिएका थिए । यस क्षेत्रलाई एल मेन्चो नेतृत्वको गिरोह जेलिस्को न्यू जेनेरेसन कार्टेल (सिजेएनजी) को आधार इलाका मानिन्छ ।

अस्थिरतापछि सोमबार ग्वाडालाजारा र अन्य धेरै मेक्सिकन शहरहरुमा विद्यालय बन्द भएका थिए । सार्वजनिक यातायात पनि निकै कम चलेका थिए । मानिसहरु घरबाट निस्कन भयभीत भएकाले थोरै बसहरु पनि खालीजस्तै थिए ।

सिजेएनजीका शंकास्पद सदस्यहरुले सोमबार धेरै राज्यहरुमा कार जलाएका छन् । उनीहरूले बैंक, पेट्रोल पम्प र पसलहरूमा पनि आक्रमण गरे ।

‘धेरै व्यवसायहरू बन्द छन् । मेक्सिकन सुरक्षा बलहरूलाई रोक्न र अराजकता सिर्जना गर्न सिजेएनजीले सडकमा ल्याएर ट्रकहरू राखिदिएको थियो, प्रहरीले बाटोबाट त्यसलाई पन्छाएको छ,’ मेक्सिको सिटीबाट रिपोर्टिङ गरिरहेका अल जजीराका पत्रकार जोन होल्म्यानले भनेका छन् ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले सोमबार देशमा शान्ति फर्किएको दाबी गरेकी छिन् । ‘मेक्सिको शान्त छ । हामी कुनै पनि अवरोध बिना उठ्यौं, र सबै गतिविधिहरू पुनस्र्थापित भएका छन्,’ उनले भनिन् ।

ह्वाइट हाउसले कार्टेल नेतालाई पक्राउ गर्ने अपरेशनमा अमेरिकाले गुप्तचर निकायले सहयोग प्रदान गरेको पुष्टि गरेको छ । अमेरिकाले एल मेन्चोबारे सुचना दिनेलाई १ करोड ५० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो । अपरेशन सफल गरेको भन्दै उसले मेक्सिकन सेनाको प्रशंसा गरेको छ ।

तर, राष्ट्रपति शेनबाउमले अपरेशनमा मेक्सिकन सेना मात्र संलग्न रहेको दाबी गरेकी छिन् । ‘अपरेसनमा अमेरिकी सेनाको कुनै सहभागिता थिएन। हामीसँग अमेरिकी सरकारले प्रदान गर्नेे धेरै जानकारीको आदानप्रदान छ, तर योजना चरणदेखि सम्पूर्ण अपरेसन मेक्सिकोकोे संघीय सेनाको जिम्मेवारी हो,“ राष्ट्रपतिले भनिन् ।

सन् २००९ मा मिलेनियो कार्टेलका सदस्यहरुबीचको विवादपछि यसका सदस्यहरु ला रेसिस्टेन्सिया र सिजेएनजीमा विभाजित भएका थिए । एल मेन्चो नेतृत्वमा सिजेएनजीले ला रेसिस्टेन्सियालाई परास्त गरेर मिलेनियोका सबै तस्करी सञ्जालमा आफ्नो प्रभूत्व जनाएको थियो ।

सन् २०२१ भित्र यो संगठन विश्वका ठूला आपराधिक गिरोहमध्ये एक बनिसकेको थियो । अमेरिकी लागुऔषध नियन्त्रण विभाग (डिईए) का अनुसार यस संगठनले ४० वटा देशमा आफ्नो सञ्जाल फैलाएको छ । अमेरिकका झन्डै सबै राज्य र मेक्सिकोमा ३२ मध्ये २१ राज्यमा यो सञ्जाल सक्रिय रहेको डिईएले जनाएको छ । आफ्नो ठूलो वित्तिय स्रोत, पृथक कमाण्ड प्रणाली र भ्रस्ट अधिकारीहरुसँगको सम्बन्धलाई यसले ड्रग्स व्यापारमा प्रयोग गर्दै आएको छ ।

हतियार तस्करी, मानव तस्करी, तेल चोरी, साइबर अपराध, सम्पत्ति शुद्धिकरणलगायत विभिन्न अपराधमा यस समुहको जालो फैलिएको छ । तर, समुहले सबैभन्दा धेरै फाइदा लागुऔषध ( कोकिन, फेन्टलाइल र मेथाम्फेटोमिन) तस्करीबाट उठाउँदै आएको छ । अमेरिकामा सबैभन्दा धेरै फेन्टानाइल मेक्सिको हुँदै आउने गरेको छ । यसको तस्करीमा सिजेएनजी सबैभन्दा धेरै सक्रिय रहेको डिईएको ठहर छ ।

अमेरिकाले यसलाई जनस्वास्थ्यको सबैभन्दा ठूलो खतरा तथा प्रमुख सुरक्षा चुनौतीमध्ये एक मान्दै आएको छ । त्यस्तै, मेक्सिकोले यो समुह आफ्नो राष्ट्रिय सुरक्षाको ठूलो चुनौती रहेको बताएको थियो । फेब्रुअरी २०२५ मा अमेरिकाले यस संगठनलाई आतंकवादीको सुचीमा राखेको थियो । एल मेन्चोको हत्यासँगै सिजेएनजी उत्तराधिकारीविहिन भएको र यसभित्र चल्ने संघर्षले आगामी दिनमा पनि मेक्सिकोमा अशान्ति निम्तनसक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब अमिरेट्स (यूएई) ले इरानसँग हुने सबै व्यापारिक तथा वित्तीय कारोबार अर्को आदेश नभएसम्म निलम्बन गर्ने घोषणा गरेको छ । समाचार एजेन्सीहरूका अनुसार, यूएईको विदेश मन्त्रालयले क्षेत्रीय तनाव बढ्दै गएको र यसले शान्ति तथा सुरक्षामा खतरा उत्पन्न गरेको भन्दै यस्तो निर्णय गरेको हो । यसअघि, यूएईको रक्षा मन्त्रालयले इरानले यूएईतर्फ दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज (होर्मुज जलडमरूमध्य) को एउटा नक्सा सार्वजनिक गर्दै त्यसलाई ‘अमेरिकाको नयाँ भूभाग’ भनेर दाबी गरेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत् मंगलबार ट्रम्पले सो दाबी गरेका हुन् । पोस्ट गरिएको ग्राफिकमा इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्यलाई घेरिएको छ र त्यसको माथि ‘नयाँ अमेरिकी भूभाग’ लेखिएको देखिन्छ । यसअघि ...
: संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा आफ्नो ट्रुथ सोसल खातामार्फत सार्वजनिक गरेका छन्। सामान्य अवस्थामा यो जलमार्गबाट विश्वको कुल तेल ओसारपसारको करिब पाँचौं भाग व्यापार हुने गर्छ। अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि फेब्रुअरीको अन्त्यदेखि इरानले यो जलमार्गमा पानीजहाजको आवागमन रोकेको छ। फेब्रुअरी २८ मा ...
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...