मुख्य समाचार
एल मेन्चोविरूद्धको अपरेशन र त्यसपछि भड्किएको हिंसामा कम्तिमा ७४ जनाको मृत्यु
एल मेन्चोविरूद्धको अपरेशन र त्यसपछि भड्किएको हिंसामा कम्तिमा ७४ जनाको मृत्यु

— लागूऔषध कारोबारी नेमेसियो ओसेगुएरा ‘एल मेन्चो’ सैन्य कारबाहीमा मारिएपछि मेक्सिकोमा उनका समर्थकहरुले हिंसात्मक प्रदर्शन तथा तोडफोड गरेका छन् । सोमबार सेनाको विशेष अपरेशनका क्रममा ५९ वर्षीय एल मेन्चो मारिएका थिए ।

मेक्सिकोका सुरक्षा मन्त्री ओमर गार्सिया हार्फुचले सोमबार मेन्चोविरूद्धको अपरेशन र त्यसपछि भड्किएको हिंसात्मक प्रदर्शनमा २५ जना राष्ट्रिय गार्डसहित ७४ जनाको मृत्यु भएको बताए ।

परिस्थितीलाई नियन्त्रणमा लिन सरकारले ३२ मध्ये २० राज्यमा सेना परिचालन भएको छ । पश्चिमी राज्य जालिस्कोस्थित ग्वाडालजारा शहरनजिक तापाल्पामा आइतबार भएको कारबाहीमा एल मेन्चो मारिएका थिए । यस क्षेत्रलाई एल मेन्चो नेतृत्वको गिरोह जेलिस्को न्यू जेनेरेसन कार्टेल (सिजेएनजी) को आधार इलाका मानिन्छ ।

अस्थिरतापछि सोमबार ग्वाडालाजारा र अन्य धेरै मेक्सिकन शहरहरुमा विद्यालय बन्द भएका थिए । सार्वजनिक यातायात पनि निकै कम चलेका थिए । मानिसहरु घरबाट निस्कन भयभीत भएकाले थोरै बसहरु पनि खालीजस्तै थिए ।

सिजेएनजीका शंकास्पद सदस्यहरुले सोमबार धेरै राज्यहरुमा कार जलाएका छन् । उनीहरूले बैंक, पेट्रोल पम्प र पसलहरूमा पनि आक्रमण गरे ।

‘धेरै व्यवसायहरू बन्द छन् । मेक्सिकन सुरक्षा बलहरूलाई रोक्न र अराजकता सिर्जना गर्न सिजेएनजीले सडकमा ल्याएर ट्रकहरू राखिदिएको थियो, प्रहरीले बाटोबाट त्यसलाई पन्छाएको छ,’ मेक्सिको सिटीबाट रिपोर्टिङ गरिरहेका अल जजीराका पत्रकार जोन होल्म्यानले भनेका छन् ।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले सोमबार देशमा शान्ति फर्किएको दाबी गरेकी छिन् । ‘मेक्सिको शान्त छ । हामी कुनै पनि अवरोध बिना उठ्यौं, र सबै गतिविधिहरू पुनस्र्थापित भएका छन्,’ उनले भनिन् ।

ह्वाइट हाउसले कार्टेल नेतालाई पक्राउ गर्ने अपरेशनमा अमेरिकाले गुप्तचर निकायले सहयोग प्रदान गरेको पुष्टि गरेको छ । अमेरिकाले एल मेन्चोबारे सुचना दिनेलाई १ करोड ५० लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो । अपरेशन सफल गरेको भन्दै उसले मेक्सिकन सेनाको प्रशंसा गरेको छ ।

तर, राष्ट्रपति शेनबाउमले अपरेशनमा मेक्सिकन सेना मात्र संलग्न रहेको दाबी गरेकी छिन् । ‘अपरेसनमा अमेरिकी सेनाको कुनै सहभागिता थिएन। हामीसँग अमेरिकी सरकारले प्रदान गर्नेे धेरै जानकारीको आदानप्रदान छ, तर योजना चरणदेखि सम्पूर्ण अपरेसन मेक्सिकोकोे संघीय सेनाको जिम्मेवारी हो,“ राष्ट्रपतिले भनिन् ।

सन् २००९ मा मिलेनियो कार्टेलका सदस्यहरुबीचको विवादपछि यसका सदस्यहरु ला रेसिस्टेन्सिया र सिजेएनजीमा विभाजित भएका थिए । एल मेन्चो नेतृत्वमा सिजेएनजीले ला रेसिस्टेन्सियालाई परास्त गरेर मिलेनियोका सबै तस्करी सञ्जालमा आफ्नो प्रभूत्व जनाएको थियो ।

सन् २०२१ भित्र यो संगठन विश्वका ठूला आपराधिक गिरोहमध्ये एक बनिसकेको थियो । अमेरिकी लागुऔषध नियन्त्रण विभाग (डिईए) का अनुसार यस संगठनले ४० वटा देशमा आफ्नो सञ्जाल फैलाएको छ । अमेरिकका झन्डै सबै राज्य र मेक्सिकोमा ३२ मध्ये २१ राज्यमा यो सञ्जाल सक्रिय रहेको डिईएले जनाएको छ । आफ्नो ठूलो वित्तिय स्रोत, पृथक कमाण्ड प्रणाली र भ्रस्ट अधिकारीहरुसँगको सम्बन्धलाई यसले ड्रग्स व्यापारमा प्रयोग गर्दै आएको छ ।

हतियार तस्करी, मानव तस्करी, तेल चोरी, साइबर अपराध, सम्पत्ति शुद्धिकरणलगायत विभिन्न अपराधमा यस समुहको जालो फैलिएको छ । तर, समुहले सबैभन्दा धेरै फाइदा लागुऔषध ( कोकिन, फेन्टलाइल र मेथाम्फेटोमिन) तस्करीबाट उठाउँदै आएको छ । अमेरिकामा सबैभन्दा धेरै फेन्टानाइल मेक्सिको हुँदै आउने गरेको छ । यसको तस्करीमा सिजेएनजी सबैभन्दा धेरै सक्रिय रहेको डिईएको ठहर छ ।

अमेरिकाले यसलाई जनस्वास्थ्यको सबैभन्दा ठूलो खतरा तथा प्रमुख सुरक्षा चुनौतीमध्ये एक मान्दै आएको छ । त्यस्तै, मेक्सिकोले यो समुह आफ्नो राष्ट्रिय सुरक्षाको ठूलो चुनौती रहेको बताएको थियो । फेब्रुअरी २०२५ मा अमेरिकाले यस संगठनलाई आतंकवादीको सुचीमा राखेको थियो । एल मेन्चोको हत्यासँगै सिजेएनजी उत्तराधिकारीविहिन भएको र यसभित्र चल्ने संघर्षले आगामी दिनमा पनि मेक्सिकोमा अशान्ति निम्तनसक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रेस पुलका पत्रकारहरूसँग कुरा गर्दै युरोपेली देशहरूले ठूलो आप्रवासन समस्याको सामना गरिरहेका बताएका हुन्। ‘म यसको बारेमा चिन्तित छैन। । यो आप्रवासनको समस्या हो। तिनीहरूसँग ठूलो समस्या छ। तिनीहरूले यसलाई धेरै समयअघि नै रोक्नुपर्थ्यो, र म तिनीहरू प्रत्येकलाई जान्दछु,’ मिसिसिपीबाट वासिङ्टन फर्किने क्रममा युरोपेली देशहरूमा भइरहेका प्रदर्शनहरूबारे पत्रकारको प्रश्नको ...
। बाइटडान्सका संस्थापक झाङ यिमिङ कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा कम्पनीको विस्तारका कारण चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन् । हुरुन रिसर्च इन्स्टिच्युटको नयाँ सूचीले प्रविधि क्षेत्रको सम्पत्ति बढ्दा उपभोक्ता बजार र घरजग्गा क्षेत्रका व्यवसायी भने दबाबमा रहेको देखाएको छ । हुरुनका अनुसार पाँच अर्ब युआनभन्दा बढी सम्पत्ति भएका चिनियाँको सङ्ख्या गत वर्षको तुलनामा ६.६ प्रतिशतले बढेर ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनबाट अमेरिकी सिनेटका उम्मेदवार अब्दुल एल-सयदलाई ‘जिहादी’ भनेपछि उनको अभिव्यक्तिको आलोचना भएको छ । आइतबार मिशिगनमा आयोजित चुनावी सभामा ट्रम्पले एल–सयदमाथि विभिन्न आरोप लगाउँदै उनी सिनेट प्रवेश गर्नुअघि मेटल डिटेक्टरबाट जाँचिनुपर्ने टिप्पणी गरेका थिए । ट्रम्पको अभिव्यक्तिलाई आलोचकहरूले इस्लामविरोधी भन्दै निन्दा गरेका छन् । प्रतिक्रियामा एल-सयदले आफ्नो नाम र धार्मिक आस्थालाई निशाना ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलमा हुन लागेको आम चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई भोट दिन अपिल गरेका छन्। उनले भने, ‘नेतान्याहूलाई भोट दिनुहोस्। हामीले सुरु गरेको काम पूरा गर्नुछ।’ ट्रम्पले ट्रुथ सोसलमा यसबारे पोस्ट लेखेका छन्। उनले बीबी ( नेतान्याहू ) र आफ्नो सम्बन्ध मिलेर जित हासिल गर्ने खालको रहेको बताएका छन्। उनका अनुसार, भेनेजुयलामा गरिएको आक्रमण ...
: भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडो १० महिनाभन्दा बढी समय निर्वासनमा बिताएपछि स्वदेश फर्किएकी छन् । राजनीतिक तनावकाबीच आइतबार स्वदेश फर्किएकी माचाडोले सामाजिक सञ्जाल एक्समा ‘म यहाँ छु, तपाईँहरूसँगै’ भन्दै आफ्नो उपस्थिति सार्वजनिक गरेकी हुन् । भेनेजुएलाका पूर्वराष्ट्रपति पदका उम्मेदवार तथा माचाडोका सहयोगी एडमुन्डो गोन्जालेजले पनि उनी स्वदेश फर्किएको पुष्टि गरेका छन् । उनले माचाडोलाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम