मुख्य समाचार
बालेन्द्र शाहले धरानबासीलाई पानी खुवाउने जिम्मा रास्वपाले लिन चाहेकाे बताए
बालेन्द्र शाहले धरानबासीलाई पानी खुवाउने जिम्मा रास्वपाले लिन चाहेकाे बताए

— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले धरानबासीलाई पानी खुवाउने जिम्मा रास्वपाले लिन चाहेकाे बताएका छन् । इटहरीमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शाहले धरानमा कोशीको पानी खुवाउन वर्षौ अघि खानेपानी आयोजनाको डीपीआर भए पनि अपूरै रहेको र अब रास्वपा सरकारमा गएपछि उक्त आयोजना पूरा गर्ने बताएका हुन् ।

यस्तै, उनले पूर्वी पहाडी जिल्लामा प्रशस्त तरकारी उत्पादन हुने भए पनि पूर्वी तराईका जिल्लामा बोर्डर पारिबाट आयातित तराकारी खान बाध्य भएको बताए । यो समस्याको समाधान अब चाडै नै पूरा हुने उनले घोषणा गरे । उनले पूर्वी तराईका ४ जिल्लामा उत्पादन हुने धानले देशरभरका जनतालाई पुग्ने भए पनि यहीँका जिल्लामा पुर्याउन नसकेको अवस्था छ । सिंचाइ अभाव र बर्खामा आउने बाढीको बलुवाले पुर्ने उनको भनाइ थियो । अब यो सबै समस्याको समाधान गर्न रास्वपाले चाहेको उनले बताए ।

उनले विश्वको पहिलो तिर्थस्थल बराह क्षेत्र भएकाे दाबी गर्दै विश्वलाई यसबारे जानकारी दिन रास्वपाले चाहेको पनि बताए । आफूले लगाएकाे सिलाम सक्मालाई देखाउँदै उनले रास्वपाले पनि सिलाम साक्माले जस्तै नेपाली जनताकाे रक्षा गर्न चाहेकाे बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल विद्युत् प्राधिकरणले २ सय मेगावाट विद्युत् खरिद र ५ सय मेगावाट बिक्री गर्न प्रस्ताव माग गरेको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै २०२७ देखि २०२८ सम्म जनवरी र मे महिनामा विद्युत् आयात र २०२६ देखि २०३० सम्म जुन र नोभेम्बरमा निर्यात गर्न प्रस्ताव मागेको हो । बिक्रीतर्फ प्रतियुनिट बिजुलीको दर न्यूनतम ५.४५ भारु हुनुपर्ने ...
— यसपालि मतदानपछि मतपत्रलाई गणनास्थलसम्म पुर्‍याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । विगतमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई मात्र परिचालन गरिन्थ्यो । यसपालि ‘असामान्य परिस्थिति’ मा निर्वाचन हुँदै गरेको भन्दै सुरक्षामा सेनाको उपस्थिति र भूमिकालाई बढाइएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएका छन् । २१ फागुनमा हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रहरू सक्रिय भइसकेका छन् । केन्द्रीय ...
— कांग्रेसको सुरक्षित क्षेत्रका रुपमा रहेको पूर्वी नवलपरासी क्षेत्र नम्बर–१, मा यसपटक प्रतिस्पर्धा रोचक बनेको छ । कांग्रेस नेता शशांक कोइरालाले लगातार विजय हाासिल गर्दै आएको क्षेत्रमा यसपटक एमाले र रास्वपा पनि कडा प्रतिस्पर्धामा छन् । एमाले र रास्वपा कांग्रेसको विजय यात्रामा ‘ब्रेक’ लाउने कोसिसमा छन् । यसअघि चार पटकसम्म कोइरालाले यही क्षेत्रबाट निर्वाचन जितेका ...
— निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित व्यवस्थाअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको हो ...
— धादिङको त्रिपुरासुन्दरी–३ मूलपानीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । शहिद लखन–८ वुंकोट घर भएकी १२ वर्षीया बालिका दिलिशा घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । शहिद लखन–८ वुंकोट घर भएकी १३ वर्षीया बालिका दिक्षा घर्ती मगर र भिमसेन थापा–६ का २४ विरेन्द्र थापा मगर घाइते ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम