मुख्य समाचार
विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह
विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह

— कांगेस उपसभापति विश्वप्रकाश शर्माले मुलुक जिम्मा लगाउने कुरा तरकारीको स्वाद फेरेजस्तो विषय नभएको भन्दै आवेगको आधारमा निर्णय नगर्न मतदातालाई आग्रह गरेका छन् ।

मंगलबार मोरङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै शर्माले चुनावी प्रतिस्पर्धालाई मर्यादित बनाउन समेत सबै दललाई आग्रह गरे । चुनावमा जाँदा विपक्षी दलमाथि गाली–गलौज नगरी शान्त र सभ्य ढंगले अघि बढ्नुपर्ने उनको धारणा छ । उनले कतिपय राजनीतिक दलहरूले चुनावलाई युद्धसँग तुलना गर्ने गरेको उल्लेख गर्दै त्यस्तो मानसिकताले मुलुकको भलो हुन नसक्ने टिप्पणी गरेका हुन् ।

शर्माले इतिहासका विभिन्न कालखण्डमा मुलुकलाई कसले सम्हाल्यो भन्ने कुराको हेक्का राखेर मात्र मतदानको निर्णय गर्न आग्रह गरे ।

यस्तो छ शर्माको भनाइ

चुनावमा जाँदै गर्दा विपक्षीलाई गाली नगरिकन जानुपर्छ । चुनाव भनेको युद्धको मैदान होइन । कतिपयहरूले हामी युद्धमा छौँ भन्नुहुन्छ । यहाँ आवेगको कुरा छ, झोकको कुरा छ, रिसको कुरा छ, देखाउँला भन्ने कुरा छ । विगतमा फलाना फलानालाई हेरियो यो पालि अर्कोलाई भन्ने कुरा छ ।

के चुनाव हेर्ने कुरा हो ? चा रदिनदेखि लौकाको तरकारी खाइयो कति खानु भनेर घिरौलाको तरकारी खानु हो ? देश जिम्मा लगाउने कुरा भनेको स्वाद फेरेजस्तो कुरा होइन । विगतमा कसले के भूमिका कसरी निर्वाह गरेको छ ? मुलुकलाई विगतको कुन कालखण्डमा कसले सम्हाल्ने काम गरेको छ ? यो कुरालाई मतदाताले हेर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल विद्युत् प्राधिकरणले २ सय मेगावाट विद्युत् खरिद र ५ सय मेगावाट बिक्री गर्न प्रस्ताव माग गरेको छ । प्राधिकरणले सोमबार सूचना जारी गर्दै २०२७ देखि २०२८ सम्म जनवरी र मे महिनामा विद्युत् आयात र २०२६ देखि २०३० सम्म जुन र नोभेम्बरमा निर्यात गर्न प्रस्ताव मागेको हो । बिक्रीतर्फ प्रतियुनिट बिजुलीको दर न्यूनतम ५.४५ भारु हुनुपर्ने ...
— यसपालि मतदानपछि मतपत्रलाई गणनास्थलसम्म पुर्‍याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । विगतमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई मात्र परिचालन गरिन्थ्यो । यसपालि ‘असामान्य परिस्थिति’ मा निर्वाचन हुँदै गरेको भन्दै सुरक्षामा सेनाको उपस्थिति र भूमिकालाई बढाइएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएका छन् । २१ फागुनमा हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रहरू सक्रिय भइसकेका छन् । केन्द्रीय ...
— कांग्रेसको सुरक्षित क्षेत्रका रुपमा रहेको पूर्वी नवलपरासी क्षेत्र नम्बर–१, मा यसपटक प्रतिस्पर्धा रोचक बनेको छ । कांग्रेस नेता शशांक कोइरालाले लगातार विजय हाासिल गर्दै आएको क्षेत्रमा यसपटक एमाले र रास्वपा पनि कडा प्रतिस्पर्धामा छन् । एमाले र रास्वपा कांग्रेसको विजय यात्रामा ‘ब्रेक’ लाउने कोसिसमा छन् । यसअघि चार पटकसम्म कोइरालाले यही क्षेत्रबाट निर्वाचन जितेका ...
— निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि निर्वाचन खर्च बैंक खातामार्फत नगर्ने राजनीतिक दल तथा उम्मेदवारहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । बैंक खाता नखोली वा खाता खोलेर पनि बैंकिङ कारोबार नगरी खर्च गर्ने दल वा उम्मेदवारलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित व्यवस्थाअनुसार कारबाही गरिने आयोगले चेतावनी दिएको हो ...
— धादिङको त्रिपुरासुन्दरी–३ मूलपानीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । शहिद लखन–८ वुंकोट घर भएकी १२ वर्षीया बालिका दिलिशा घर्ती मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । शहिद लखन–८ वुंकोट घर भएकी १३ वर्षीया बालिका दिक्षा घर्ती मगर र भिमसेन थापा–६ का २४ विरेन्द्र थापा मगर घाइते ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम