— प्रधानमन्त्री सुशीला कार्कीले गैरसरकारी संघ, संस्थाहरुले नेपालको राष्ट्रिय प्राथमिकता र जनताको आवश्यकताअनुसार स्रोत, साधन परिचालन गर्नुपर्ने बताएकी छन् ।
मंगलबार समाज कल्याण परिषद्को डिजिटल सेवा शुभारम्भ गर्दै उनले सो कुरा बताएकी हुन् । प्रधानमन्त्री कार्कीले राज्यको नीतिअनुसार सामाजिक तथा नागरिक संस्था सक्रिय हुनु लोकतन्त्रको सबल पक्ष भएको पनि उल्लेख गरिन् । उनले नेपालमा सामाजिक संघ, संस्थाहरुले विपद्मा खेलेको भूमिका प्रशंसनीय रहेको पनि बताए ।
जनसहभागिता, दिगोपना, मितव्ययिता, लक्षित वर्गमुखी कार्यक्रम र स्वयंसेवी भावनालाई आत्मसात गर्दै अघि बढे गैरसरकारी संस्थाहरुको सान्दर्भिकता अझै बढेर जाने प्रधानमन्त्री कार्कीको विश्वास छ ।
प्रधानमन्त्री कार्कीले परिषद्ले सामाजिक क्षेत्रको कामलाई अघि बढाउनका लागि अतुलनीय योगदान पुर्याउने अपेक्षासमेत गरिन् ।