— निर्वाचनविरोधी गतिविधि गरेको आराेपमा पक्राउ परेका नेकपाका अध्यक्ष ऋषि कट्टेललाई सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश गरेको छ ।
न्यायाधीशद्धय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुङ्गानाको इजलासले गोश्वारा रुपमा पक्राउ गरी विनाआधार र कारण थुनामा राखेको भन्दै रिहा गर्न आदेश गरेको हो । प्रहीले ८ फागुनमा कट्टेलसहित केही नेतालाई पक्राउ गरेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको थियो । उनीसँगै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बाँस्तोला, नेता विष्णुप्रसाद तिमिल्सिना र दुर्गा प्रसाईं समूहका एसपी साहलाई पनि पक्राउ गरिएको थियो ।उनीहरूले निर्वाचन बहिष्कार गर्ने अभिव्यक्ति दिएका थिए ।
नेकपा, नेकपा बहुमतलगायत केही साना दलले निर्वाचन बहिष्कार गर्दै निर्वाचनविरोधी गतिविधि गरिरहेकाले प्रहरीले उनीहरूलाई पक्राउ गरेर जिल्ला अदालतवाट म्याद थपी थुनामा राखेको थियो । त्यसविरुद्ध कट्टेल र प्रसाईंका तर्फबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरिएको थियो । दुवैमा सर्वोच्चले थुनामुक्त गर्न आदेश जारी गरेको हो ।